
जोमसोम ।
भारतीय राजदुतावासले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई आइतबार १ स्कुल बस र १ एम्बुलेन्स उपलब्ध गराएको छ । राजदुतावासको कार्यालय काठमाडौंमा लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई बस र एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र नेपालका लागि भारतीय राजदून नवीन श्रीवास्तवले गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु) र स्वास्थ्य संयोजक पासाङ ढोमा गुरुङलाई बस र एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष राजुको पहलमा लोघेकर दामोदरकुण्ड २ को घमी आधारभूत विद्यालयका लागि बस र चराङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध भएका हुन् । गाउँपालिकाले ०७९ जेठ महिनामा विद्यालय र स्वास्थ्य चौकीलाई स्कुल बस र एम्बुलेन्स सहयोग गरिदिन पत्रचार गरेको थियो ।
अब घमीमा अध्ययनरत ८३ विद्यार्थी लाभान्वित हुने पालिका अध्यक्ष राजुले उल्लेख गरे । उपल्लो मुस्ताङमा एम्बुलेन्स नहुँदा जोमसोम अस्पतालसम्म ल्याई पुर्याउन समस्या पर्ने परेको थियो । दूतावासको एम्बुलेन्स सहयोगसँगै उपल्लो मुस्ताङबासीको उपचारमा सहयोग पुग्ने उनी बताउँछन् ।
०७९ जेठ महिनामा लोमान्थाङ ३ छोन्हुपको श्रीपाल एवं नाम्ग्याल मोनास्टिक गुम्बा विद्यालयलाई राजदुताबासले १ स्कुल बस उपलब्ध गराएको थियो भने सो विद्यालयको १४ कोठे भवनमा १ करोड ७ लाखसहयोग उपलब्ध गराएको थियो । सोही समय राजदुतावासले मुस्ताङको घरपझोङ गाउँपालिकालाई १ एम्बुलेन्स उपलब्ध गराएको थियो ।
मुस्ताङमा भारतीय राजदुतावासले शैक्षिक तथा स्वास्थ्य पूर्वाधार, ऐतिहासिक गुम्बा, माने, छोर्तेन र पुल निर्माणमा सहयोग गर्दै आएको छ । दुतावासले थासाङको जनआदर्श अमरसिंह माध्यमिक विद्यालय, योगेन्द्र माध्यमिक विद्यालय, घरपझोङको जनहित माध्यमिक विद्यालय र वारागुङ मुक्तिक्षेत्रको जनशान्ति माध्यमिक विद्यालयका भवन निर्माणमा सहयोग गरेको थियो ।
घरपझोङ ४ मा अवस्थित कालिगण्डकी नदीमा मोटरेबल पनि भारतीय दुतावासकै सहयोगमा बनेको हो । दुतावासकै सहयोगमा निर्माण गरिएको मुक्तिनाथ होटल मापदण्डको धर्मशाला भने संरक्षणको अभावमा जीर्ण छ । सो धर्मशाला साविक जिल्ला विकास समितिलाई हस्तान्तरण गरिएको थियो । दुतावासले भारतीय तीर्थालुलाई लक्षित गरी मुक्तिनाथमा धर्मशाला निर्माण गरेको थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया