युवा संघ गण्डकीको सचिवालय गठन

पोखरा ।
राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले संगठनको कामलाई व्यवस्थित गर्न सचिवालय गठन गरेको छ । कमिटीको दोस्रो बैठकले ७ सदस्यीय सचिवालय निर्माण गर्नुका साथै विपद् व्यवस्थापन समिति गठन गरेको केन्द्रीय सदस्य सुवास सापकोटाले जानकारी दिए ।
सचिवलयमा संयोजक विकास अधिकारी, सुदीप आचार्य, दिलकाशी गुरुङ, सन्तोष पौडेल, आशा गैरे, साजन सुवेदी, मनोजमान श्रेष्ठ छन् । संयोजक विकास अधिकारीको संयोजकत्वमा ११ सदस्यीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ ।
अधिकारीले समितिले बाढी पहिरो, भारी वर्षात लगायतका मनसुनजन्य विपद्का बेलामा राहात, उद्धारको काम गर्ने जानकारी दिए । उनका अनुसार प्रदेश कमिटीले सबै जिल्ला तथा प्रदेशको अधिवेशन भदौ महिनाभित्रमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश कमिटीका सदस्यलाई प्रदेशको ८५ पालिकामा उत्प्रेरकको रुपमा तोकेको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे, नेकपा (एमाले)का स्थायी कमिटीका सदस्य खगराज अधिकारी, युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष मोहन रेग्मी, युवा संघ नेपालका उपाध्यक्ष तथा उत्प्रेरक रमेश तिवारी, महासचिव सुमन पुरी र उपमहासचिव महेन्द्र गुरुङले सम्बोधन गरेका थिए ।








एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
भिजिट भिसा प्रकरणमा मुछिएपछि म्याग्दीका सिडिओ तिवारी मन्त्रालय तानिए
सम्पादकीय—सुशासनको परीक्षा
स्याङ्जाको एउटै समूहले बेच्यो ८७ लाखको सुन्तला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया