नागरिक लगानी कोषको थप प्रतिफल

समाधान संवाददाता २०८० साउन १ गते ११:३४

काठमाडौं ।

नागरिक लगानी कोषले सहभागीहरूलाई सञ्चित भएको रकममा हाल दिइरहेको नियमित ब्याजबाहेक १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कोषमा मौज्दात रकम रहेका सहभागीहरूलाई सो आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा यो प्रतिफल दिने निर्णय भएको हो ।


कोषले यसअघि पनि १.५ प्रतिशत थप प्रतिफल दिएको थियो । यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा बचत कार्यक्रमहरूमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागिहरूलाई मात्रै १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया