धार्चे गाउँपालिकाका पदमार्गमा सूचना बोर्ड

राष्ट्रिय समाचार समिति (रासस) २०८० साउन १ गते १२:२९

गोरखा ।
पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्वजानकारी दिन गोरखाको धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र धार्चे गाउँपािलकाको संयुक्त साझेदारीमा पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए ।


पदमार्गमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, पर्यटकीय गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायतका विषय सूचना बोर्डमा जानकारी दिइएको उनले बताए ।


‘सूचना बोर्डमा पदर्मागमा पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने जंगली जनावरका बारेमा पनि जानकारी दिइएको छ’, उनी भन्छन्, ‘यसले पर्टयकलाई पर्यटकीय गन्तव्यका बारेमा बाटोमा नै पूर्वजानकारी प्राप्त हुने हुँदा पदयात्रमाा थप सजिलो हुने विश्वास गरिएको छ ।’

Advertisement


धार्चे मनास्लु पर्यटन विकास समितिले पर्यटकीय पदमार्गको विभिन्न ५ स्थानमा सूचना बोर्ड राखेको छ । ‘अहिले यामगाउँ, काशीगाउँ, धार्चेडाँडा, माछीखोला र यारुबगरमा सूचना बोर्ड राखिएको छ’, अध्यक्ष गुरुङले भने, बोर्ड राख्नका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशबाट पाँच लाख र गाउँपालिकाबाट १ लाख बजेट प्राप्त भएको थियो ।’

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया