आजबाट हवाई भाडामा भ्याट

काठमाडौं ।
सरकारले नयाँ आर्थिक वर्ष २०८०/८१ बाट हवाई भाडादरमा मूल्य अभिवृद्धि कर लागू गर्ने निर्णय गरेअनुसार सोमबारदेखि नयाँ भाडादर लागू हुने भएको छ । वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै सोमबारबाट मूल्य अभिवृद्धि कर सहितको भाडादर लागू गर्ने जनाएको छ ।
वायुसेवा कम्पनीहरुले नयाँ भाडादर लागू गर्नका लागि गृहकार्य सुरु गरेको जनाएका छन् । कम्पनीले सामान्यतयाको तुलनामा नयाँ भाडादर करिब ६ प्रतिशतले वृद्धि हुने जनाएका छन् ।
नयाँ भाडादर पहिलाको तुलनामा वृद्धि हुने वायुुसेवा कम्पनीले जनाएका छन् । वायुसेवा कम्पनीका अनुसार करिब ६ प्रतिशतले महंगो पर्नेछ । संघका प्रवक्ता योगराज कंडेल भन्छन्, ‘अब हवाई भाडादर वृद्धि हुन्छ । टिकटको मूल्यमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडिन्छ । सबै कम्पनी भ्याट दर्ता प्रक्रियामा गइसकेका छन् । हामीसँग भएको प्यानलाई नै भ्याटमा रुपान्तरण गर्ने हो ।’
आउँदो साउन २५ गतेसम्म सबै वायुसेवाले रकमको विवरण बुझाउनका लागि कर विभागले पत्राचार गरिसकेको उनले जानकारी दिए । सरकारले नयाँ आथिक वर्षको बजेट अगाडि इन्जिन प्रोपेलर लगायत विभिन्न पार्टपुर्जामा १ प्रतिशत भन्सार शुल्क लिँदै आएको थियो भने हवाई भाडादर पनि भ्याटरहित निर्धारण गर्दै आएको थियो । सरकारले बजेटमार्फत घोषणा गरेको निर्णयप्रति असुन्तष्ट देखाएका वायु सेवा कम्पनीले अन्तिममा आएर पालना गरेका हुन् ।
हाल आन्तरिकतर्फ नियमित उडान गर्दै आएका बुद्ध, यती, श्री, सौर्य, गुण, तारा, सीता, समिट लगायत वायुसेवा कम्पनीले फ्युल सरचार्ज, विमानस्थल सेवा शुल्क, हवाई भाडादरलाई गाभेर शुल्क लिँदै आएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया