‘सरकारी निकाय जवाफदेही हुनुपर्छ’

पोखरा ।
जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले सरकारी निकायहरू पारदर्शी र जवाफदेही हुन आवश्यक रहेको बताए । पौडेलले विकासमा हुने हरेक क्रियाकलाप जनउत्तरदायी र पारदर्शी हुनुपर्ने र सोका लागि सरकारी निकायहरू विशेष सजगताका साथ लाग्नुपर्ने उल्लेख गरे ।
आर्थिक वर्ष २०७९/८० मा कृषि ज्ञान केन्द्र कास्कीले सञ्चालन गरेका कार्यक्रमहरूसम्बन्धी सार्वजनिक सुनुवाइमा पौडेलले कास्कीका रैथाने बालीको संरक्षणमा ज्ञान केन्द्र कास्कीले सह्रानीय काम गरेको भन्दै सोको लागि किसानलाई सचेतना जगाउने कार्यक्रम निर्माण गर्न आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार कृषि मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईं, सोही मन्त्रालयका कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी, कृषि लगायतले बोलेका गरे । सो अवसरमा कृषि ज्ञान केन्द्र कास्कीका कार्यालय प्रमुख शालिकराम अधिकारीले आर्थिक वर्ष २०७९/८० मा कृषि ज्ञान केन्द्र कास्कीले सञ्चालन गरेका कार्यक्रमसम्बन्धी जानकारी दिँदै रैथाने बाली संरक्षणमा प्रदर्शनी कक्ष स्थापना गरिएको जानकारी दिए ।
अधिकारीले क्युआर कोडको स्क्यान गरी सम्पूर्ण रैथाने बालीहरूको जानकारी लिन सकिने प्रविधि विकास गरिएको जानकारी दिए । उक्त कार्यक्रममा पोखरेली जेठी बूढो धानको संरक्षण र उत्पादनमा पु¥याएको योगदानको कदर स्वरूप पोखरा २३ ठूलाखेत निवासी कृषक कलाधर भण्डारीलाई सम्मान गरिएको सो कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालले बताए ।









हिउँ चितुवाको सर्वेक्षण सुरु
पोखरा–२१ मा सुन्तला महोत्सव गते
सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया