मुस्ताङमा असारे विकास निरन्तर

सुन्दरकुमार थकाली २०८० साउन ३ गते ११:३३
फाइल फोटोः थाक ५ गाउँ जोड्ने घरपझोङ रिङरोड स्तरोन्नति गरिँदै ।

जोमसोम ।
हिमाली जिल्ला मुस्ताङमा संघ तथा प्रदेश कार्यालयहरुले पुँजीगत बजेटको ८३ प्रतिशत खर्च गरेका छन् । संघ तथा प्रदेश अन्तर्गत मुस्ताङका कार्यालयलाई आर्थिक वर्ष २०७९/०८० मा विनियोजन भएको १ अर्ब ६२ करोड ६६ लाखमध्ये १ अर्ब ३५ करोड ६२ लाख खर्च भएको छ ।


संघीयतर्फ ३ अर्ब ३७ करोड ७६ लाख बजेटमध्ये चालु र पुँजिगत गरी ३ अर्ब १ करोड ३५ लाख अर्थात् ८९.२२ प्रतिशत खर्च भएको छ । प्रदेशतर्फ ९९ करोड ४६ लाख बजेटमध्ये चालु र पुँजीगत गरी ७४ करोड ७९ लाख अर्थात् ९२.२२ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।


संघीयतर्फ विनियोजित चालु बजेट २ अर्ब ३५ करोड ६६ लाखमध्ये २ अर्ब ११ करोड ५७ लाख अर्थात अर्थात् ८९.७८ प्रतिशत खर्च भएको छ भने संघीय पुँजीगततर्फको १ अर्ब २ करोड ९ लाखमध्ये ८९ करोड ७८ लाख अर्थात् ८७.९३ प्रतिशत बजेट खर्च भएको देखिन्छ ।

Advertisement

संघीय सरकारको एक तिहाई र प्रदेशको आधा बजेट असार महिनामै खर्च भएको छ


प्रदेशतर्फ २०७९/८० मा विनियोजित बजेट अन्तर्गत चालुतर्फ ३८ करोड ६९ लाखमा २८ करोड ९४ लाख अर्थात् ७४.८१ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ ६० करोड ७६ लाख विनियोजन भएकोमा ४५ करोड ८४ लाख अर्थात् ७५.४४ प्रतिशत बजेट खर्च भएको हो ।

Advertisement


मुस्ताङमा संघीय सरकारद्वारा विनियोजित पुँजीगत बजेटमध्ये ३४.०२ प्रतिशत अर्थात् ३० करोड ५४ लाख बजेट असार महिनामा खर्च भएको छ । प्रदेश सरकारतर्फ कुल पुँजीगत बजेट खर्चको (५०.८९) प्रतिशत अर्थात् २३ करोड ३२ लाख बजेट असार महिनामा खर्च भएको छ । आर्थिक वर्षको बजेट खर्चको तथ्यांक हेर्दा असारे विकासमा बढी पुँजीगत खर्च भएको देखिएको छ ।


संघीय सरकारको एक तिहाई र प्रदेशको आधा बजेट असार महिनामै खर्च भएको हो । भौगोलिक विकटता, प्राकृतिक विपद्, निर्माण कम्पनीको ढिलासुस्ती, बजेट सक्न हतारको असारे विकासको परिपाटी, बजेटको सुनिश्चिता नहुने लगायतका कारण पुँजीगत विकास खर्च बढ्न नसकेको हो ।


कोरलानाका जोड्ने उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले ८५ प्रतिशत बजेट खर्च गरेको छ । आयोजनाले चालुतर्फ १४ करोड ११ लाख बजेटमा ११ करोड ६६ लाख अर्थात् ८२.६३ प्रतिशत र पुँजीगततर्फ ६६ करोड ५९ लाख बजेटमा ५७ करोड १ लाख अर्थात् ८५.६१ प्रतिशत बजेट खर्च गरेको हो । आयोजनाले पुँजीगत बजेट खर्चको १७ करोड ६७ लाख अर्थात् ३१ प्रतिशत बजेट असार महिनामै खर्च गरेको हो ।


यस्तै, जिल्लाका ५ स्थानीय तहले २०७९÷०८० को वित्तीय खर्च विवरण सार्वजनिक गरेका छन् । घरपझोङ गाउँपालिकाले ७६.१६ प्रतिशत वित्तिय खर्च गरेको छ । घरपझोङले कुल बजेट ३४ करोड १३ लाखमध्ये चालुतर्फ २६ करोड १३ लाख बजेट खर्च गरेको हो । घरपझोङले पुँजीगततर्फको बजेट १३ करोड ४२ लाखमध्ये १० करोड १७ लाख बजेट खर्च गरेको छ ।


वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ३६ करोड २० लाख बजेटमा २६ करोड ७१ लाख अर्थात् ७४.५४ प्रतिशत बजेट खर्च गरेको छ । वारागुङले कुल बजेटको पुँजीगततर्फको १८ करोड ९ लाख १३ करोड ७९ लाख अर्थात ७६.२२ प्रतिशत बजेट खर्च गरेको हो ।


लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चालुतर्फको ११ करोड ५३ लाखमा ७४.३९ प्रतिशत र पुँजीगतमा १३ करोड ५९ लाखमा वा ६९.६८ प्रतिशत बजेट खर्च भएको जनाएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सबैभन्दा कम ६१.८१ प्रतिशत बजेट खर्च गरेको छ । कुल बजेट ३१ करोड १७ लाखमा १९ करोड २७ लाख बजेट खर्च भएको छ ।


लोमान्थाङले पुँजीगत विकास खर्चतर्फ १७ करोड २९ लाख बजेटमा १० करोड ५८ लाख अर्थात (६१.२२) प्रतिशत बजेट खर्च गरेको छ । तल्लो क्षेत्रको थासाङ गाउँपालिकाले ३७ करोड २९ लाख ९७ हजारको बजेटमा २३ करोड ४८ लाख अर्थात् ६१.६७ प्रतिशत खर्च गरेको छ । थासाङले चालुतर्फ २२ करोड १४ लाखमा १४ करोड ८३ लाख अर्थात् ६७ प्रतिशत खर्च गरेको छ भने पुँजीगततर्फ १५ करोड १५ लाखमा ८ करोड १६ लाख अर्थात् ५३.८९ प्रतिशत बजेट खर्च गरेको हो ।


स्थानीय तहको पुँजीगत खर्चसबैभन्दा कम थासाङमा भएको छ भने सबैभन्दा बढी घरपझोङ गाउँपालिकाले गरेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया