रास्वपा पुतलीबजार सभापतिमा डा वसन्त

समाधान संवाददाता २०८० साउन ३ गते १२:४२

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुतलीबजार नगर सभापतिमा डा वसन्त पंगेनी चयन भएका छन् । हालै भएको भेलाले समावेशी हुने गरी सचिव र २ सदस्य पछि थप्ने गरी ११ सदस्यीय समिति निर्वाचित गरेको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले बताए ।

Advertisement


नगर उपसभापतिमा गुरुप्रसाद ढकाल र कोषध्यक्ष देवी अर्याल छन् । सदस्यमा डिल्लीराम सुवेदी, जगन्नाथ अर्याल, मुनुरदिन अली, उमा फुयाल र सुवास रेग्मी छन् ।


नवनिर्वाचित सभापति डा पंगेनीले संवैधानिक समाजवाद र नेपालवादको मूल मर्म आत्मसात गर्दै नयाँ कार्यसमिति अघि बढ्ने बताए । रास्वपाका केन्द्रीय उपसभापति डीपी अर्यालसहितका केन्द्रीय नेता भेलामा सहभागी थिए ।

तपाईको प्रतिक्रिया