
नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा २६ अर्ब रुपैयाँभन्दा धेरै राजस्व संकलन भएको छ । कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९/८० मा २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए ।
कार्यालयले सबैभन्दा धेरै अन्तःशुल्कतर्फ २५ अर्ब १६ करोड ९१ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी आय कर ६३ करोड ९८ लाख ५५ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर ३८ करोड २५ लाख ६५ हजार रुपैयाँ, ब्याज छ करोड १३ लाख ७३ हजार रुपैयाँ, स्वास्थ्य सेवा कर चार करोड ३० लाख २० हजार रुपैयाँ, घर बहाल कर एक करोड ५३ लाख ४४ हजार रुपैयाँ संकलन भएको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए ।
आर्थिक वर्ष २०७९/८० मा उक्त कार्यालयले ३२ अर्ब १२ करोड ९३ लाख ६१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा कम (२६ अर्ब ३१ करोड १२ लाख ७४ हजार रुपैयाँ (८१ दशमलब ८९ प्रतिशत) राजस्व संकलन भएको प्रमुख कर अधिकृत पन्थीले बताए ।
लक्ष्यको ९६ प्रतिशत अन्तःशुल्कतर्फ मात्रै राजस्व संकलनको लक्ष्य राखिएको थियो । खपत बढ्ने लक्ष्य राखिए पनि अर्थतन्त्रमा आएको संकुचनले गर्दा अन्तःशुल्क संकलनमा समेत कमी आउँदा लक्ष्य हासिलमा असर परेको प्रमुख कर अधिकृत पन्थीले बताए । ‘अर्थतन्त्रमा आएको संकुचनले आम्दानीमा कमी, घरजग्गा लगायत कारोबारमा कमी हुँदा खपतमा समेत कमी आयो, यसले राजस्व संकलनमा समेत केही कमी देखिएको छ’, प्रमुख कर अधिकृत पन्थीले भने ।
लक्ष्यअनुसार राजस्व संकलनमा केही कम देखिए पनि देशैभरिका राजस्व कार्यालयको तुलनामा यस कार्यालयको अवस्था भने राम्रो रहेको उनको भनाइ छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा २४ अर्ब ११ करोड १२ लाख १ हजार रुपैयाँ राजस्व संकलन भएकामा गत आर्थिक वर्षमा २ अर्ब २० करोड ७२ हजार रुपैयाँ राजस्व बढी संकलन भएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया