गण्डकी प्रदेशमा ६ वर्षमा ८ प्रमुख सचिव

पोखरा ।
गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थको सरुवा भएको छ । मन्त्रिपरिषदको बुधबारको बैठकले ६ सचिवको सरुवा र भर्खरै बढुवा भएका २ सचिवको पदस्थापन गरेको हो । उनको ठाउँमा भर्खरै बढुवा भएकी लक्ष्मी बस्नेत आउने भएकी छन् । बस्नेत संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सहसचिव थिइन् ।
रविलाल पन्थले गण्डकीको प्रमुख सचिव भएर २० महिना बिताए । उनी २०७८ मंसिर १ गते गण्डकी प्रमुख सचिव भएर आएका थिए । उनको युवा तथा खेलकुद मन्त्रालयको सचिवमा सरुवा भएको छ । ३ वर्ष २ महिना मुख्यमन्त्री भएका पृथ्वीसुब्बा गुरुङको पालमा मात्रै ६ जना प्रमुख सचिव बदलिएका थिए । प्रदेशका सचिवहरु धेरै हेरफेर गर्दा काम गर्न कठिन भएको भन्दै उनले संघीय सरकारको आलोचनासमेत गरेका थिए ।
गण्डकीमा अहिलेसम्म सबैभन्दा लामो समय प्रमुख सचिव हुनेमा पछिल्ला प्रमुख सचिव रविलाल पन्थ रहे । उनी यहाँ २० महिना सेवारत भए । सबैभन्दा छोटो अवधिको प्रमुख सचिव नारागणप्रसाद बिडारीले २ महिनामात्रै काम गरेका थिए ।
सबैभन्दा सुरुमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल नै तत्कालीन प्रदेश नम्बर ४ को प्रमुख सचिव भएका थिए । उनले पहिलोपटक सरकारले बजेट ल्याउँदा र प्रदेशको जग बसाल्न कर्मचारीका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरे ।










टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया