नेपालको फिफा वरियता यथावत
समाधान संवाददाता
२०८० साउन ५ गते १४:११

काठमाडौं ।
विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औँ स्थानमा छ ।
नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९ औँ स्थानमा छ भने माल्दिभ्स १ सय ५५ औँ स्थानमा छ । नेपालपछि भुटान १ सय ८५ औँ, बंगलादेश १ सय ८९ औँ, पाकिस्तान २ सय १ औँ र श्रीलंका २ सय ४ औँ स्थानमा छ ।
विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौँथो तथा बेल्जियम पाँचौं स्थानमा छन् । क्रोसिया छैटौँ, नेदरल्यान्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवौँ तथा स्पेन दशौँ स्थानमा छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया