बिरामी चितुवाको उद्धार

समाधान संवाददाता २०८० साउन ५ गते १४:५३

पर्वत ।
पर्वतको जलजला गाउँपालिका ८ नाङलीवाङमा बिरामी चितुवाको उद्धार गरिएको छ । बुधबार मालढुंगा बेनी सडक नजिकै फर्सेमा मकैको खेतमा भेटिएको बिरामी चितुवाको डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।


करिब डेढ वर्ष उमेरको चितुवा मकै बारीमा सुतेको देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । कार्यालय प्रमुख विष्णु अधिकारीका अनुसार पशु कार्यालयको टोलीले अशक्त चितुवाको स्वास्थ्य जाँच गरिरहेको छ । चितुवालाई उपचारपछि उचित वासस्थानमा छाड्नेछ ।


पर्वतमा गत आवमा ९ चितुवा मृत फेला परेका थिए । २ चितुवाको जीवितै उद्धार गरिएको थियो । डिभिजन वन कार्यालयले गत आवमा चितुवाले पु¥याएको क्षतिपूर्तिबापत पीडितलाई २६ लाख ८६ हजार भुक्तानी गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया