जनप्रकाश विपद्बारे सचेतना

पोखरा ।
पोखरा २९ भण्डारढीकमा अवस्थित जनप्रकाश बहुमुखी क्याम्पसमा विपद व्यवस्थापन सचेतना बिहीबार भएको छ । क्याम्पसको आयोजना, सशस्त्र प्रहरी बल नम्बर २४ बटालियन हेडक्वाटर कालिका गण कास्कीको प्राविधिक सहयोग र ग्लोबल आइएमई बैंकको आर्थिक सहयोगमा सचेतना भएको हो ।
जनप्रकाशका अनुसन्धान विभाग प्रमुख युवराज आमिछानेको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रम सशस्त्र प्रहरी बल कालिका गणका गणपति धनबहादुर बानियाले विपदका बेला हुन सक्ने क्षति न्यूनीकरण गर्न कार्यक्रम प्रभावकारी हुने बताए । उनले सिकेका कुरा व्यवहारमा लागू सहभागीलाई आग्रह गरे ।
सो कार्यक्रमको पहिलो चरण क्याम्पसको सभाहल र प्रांगणमा गरिएको थियो भने दोस्रो चरण पोखरा¬ ३१ बेगनासताल स्थित मन्धरेपार्कमा भएको थियो । कार्यक्रममा जनप्रकाश बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थी, प्रध्यापक, कर्मचारी एवंम स्थानीय जनसमुदाय सहभागी थिए । उनीहरुलाई विपतको बेलामा हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्ने उपाय सिकाइएको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, सञ्चालक समितिका पूर्व अध्यक्ष कृष्णहरि भण्डारी, डुंगा व्यवसायी समिति अध्यक्ष रविप्रसाद कँडेल, पोखरा ३१ का कार्यवहाक अध्यक्ष महेन्द्रप्रसाद अधिकारी, जनप्रकाशका सहायक क्याम्पस प्रमुख अर्जुन ओझा, सशस्त्र प्रहरी बल कालीका गणका इनिस्पेक्टर उमेश ढकाल लगायतले बोलेका थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया