महतगौंडाको साझा चौतारीको वृक्षरोपण

पोखरा ।
लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारीको आयोजनामा वडा नं. १७ महतगौडामा विरुवा रोपिएको छ । कार्यक्रमअघि वृक्षरोपणसम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ४२५ एमका ट्रि प्लान्टेसन विभाग प्रमुख लक्ष्मण तिमिल्सिनाले वृक्षरोपण र ती विरुवाको स्याहार गर्न सबैलाई आग्रह गरे । उनले लायन्सले यस वर्ष विरुवा सार्नेसँगै विरुवा संरक्षणको अभियानमा चलाएको जनाए । यस वर्ष २७ वटा पार्क एवं मन्दिर परिसरमा वृक्षरोपण, संरक्षण र गोडमेल गरिएको उनले सुनाए ।
पोखरा १७ की अध्यक्ष राधिका शाही योगीले समुदाय र क्लबको साझेदारीमा हुने यस खालका कार्यक्रमले सकारात्मक सन्देश दिने बताइन् । कार्यक्रममा सदाशिवजी हरिहर मन्दिर संरक्षण समिति अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, जानकी माविका अध्यक्ष नगेन्द्र गुरुङ, डिपार्टमेन्ट को चिफ सीता पहारी, रिजन चियर पर्सन भोजराज बराल, जोन चियर पर्सन गीता पराजुली, सल्लाहकार रजनी कोइराला, साबित्रा पौडेल, ढुँगेसाँघु आमा समूहकी अध्यक्ष सीता काफ्ले लगायतले बोलेका थिए ।
क्लबले बिभिन्न प्रजातिका ९५ बिरुवा रोप्नुका साथै सीतापाइला आमा समूहको भवन तथा सामुदायिक भवन परिसरमा सरसफाइसमेत गरेको छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया