नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा

पोखरा ।
नेवाः पत्रकार पुचः कास्कीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
नेवाः खलः कास्की नेवाः छेंको सभाहलमा भएको अधिवेशनबाट अनिशा श्रेष्ठ अध्यक्ष पदमा चयन भएकी हुन् । उनि सिटीवान टेलिभिजनमा कार्यरत छन् ।
उपाध्यक्ष गणेश श्रेष्ठ, महासचिव सुशील श्रेष्ठ, कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ र सचिव पदम श्रेष्ठ छन् । सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य अल्चना श्रेष्ठ र अभिनन्दन बजिमया रहेका छन्। उनिहरुलाई भेलाले सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष अनिशा श्रेष्ठले कार्यक्रममा बोल्दै आफुले बोलेर भन्दापनि काम गरेर देखाउने बताउँदै, टिम राम्रो भएको हुँदा नेवाः संस्कृति र परम्परालाई संरक्षण र प्रचार प्रसार मुल उदेश्य राखेर काम गर्ने बताएकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः खल कास्कीले नेवारहरुको संस्कृति र परम्परालाई संरक्षणको लागि विशेष योगदान दिएको बताएका थिए । उनले केही नेवारहरुले आफ्नो संस्कार र संस्कृतिलाई राम्रोसँग अध्ययन नगरी काम गर्दा लोप हुन सक्ने सम्भावना देखिएकोले संरक्षणको लागि छिट्टै कार्ययोजना सहित काम गर्न लागिएको उनले बताए ।
नेवार संस्कृति जोगाउन पछिल्लो समय युवा युवतिहरु नै अत्याधिक उत्सुक समेत देखिएको बताउँदै खुसी व्यक्त गरेका थिए । उनले नेवारहरुले देखाउँदै आएको तायः मचा, लाखे नाच लगायतका प्रतियोगितालाई निरन्तरता दिन करिब १० लाख पुरस्कार राशी रहेको कार्यक्रममा जानकारी गराए ।
नेवाः पत्रकार पुचः का सल्लाहकार दीपेन्द्र श्रेष्ठले उक्त कार्यक्रममा बोल्दै नेवारहरु सँग जोडिएका भाषा, संस्कृति, परम्पराहरु लोप हुँदै गएको र त्यसलाई संरक्षण र सम्वद्र्धनको लागि मसिनो गरी केलाउन र खोज्न नेवाः पत्रकार आवश्यक भएको हुँदा बताएका थिए। उनले स्थापनाको मुल उदेश्यमााथि समेत प्रकाश पारेका थिए ।
उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, नेपाल पत्रकार महासंघ गण्डकीका महसचिव गोविन्द सुवेदी, नेवाःल्याम्ह पुचः कास्कीको अध्यक्ष मधुसुदन जोशी, नेवाः मिस पुचः कास्कीको अध्यक्ष संगीता बज्राचार्य, आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष दिल गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अधिवेशनको प्रथम सत्र नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष सञ्जय मल्लको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन्देश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव अनिशा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया