सेवाग्राहीको गुनासोः महानगरमा काम समयमा सकिँदैन

पोखरा ।
काम समयमा सकिँदैन । अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीको गुनासो यस्तै हुन्छ । पोखरा महानगरपालिका सेवाग्राहीले पनि त्यस्तै गुनासो गरेका छन् । महानगरपालिकाको सेवा सम्बन्धमा सार्वजनिक सुनुवाइपूर्व सेवाग्राहीसँग गरिएको सर्भेक्षणमा उत्तरदाताले काम समयमा नहुने गुनासो गरेका हुन् ।
‘सरसफाइ राम्रो छैन÷शौचालय फोहोर छ,’ सेवाग्राहीले भनेका छन्, ‘कार्यालय साँघुरो भएको छ, सेवाग्राहीलाई बस्ने ठाउँ पर्याप्त छैन ।’ सेवाग्राहीले सबै वडाका आफ्नै भवन हुनुपर्ने सुझाव पनि दिएका छन् । सेवाग्राहीलाई सम्भव भएसम्म अनलाइन प्रविधिबाट सेवा दिनुपर्ने, वडाको समस्या बजेटमा कम समावेश गरिएको, जटिल केशमा कम ध्यानाकर्षण हुने कुरामा सुधार गर्नुपर्ने सेवाग्राहीको सुझाव छ ।
‘सेवाग्राहीलाई दक्ष व्यक्तिले प्राविधिक सहयोग गर्नुपर्ने,’ सेवाग्राहीले भनेका छन्, ‘समाज र वडास्तरमा पटकपटक भेला राखेर गुनासो सुन्नुपर्ने ।’ शिक्षा र स्वास्थ्यमा विशेष ध्यान पु¥याउनुपर्ने र प्राविधिकलाई सुधार्नुपर्ने पनि सेवाग्राहीको सुझाव छ ।
सेवाग्राहीले अपांगता भएका व्यक्ति, वृद्धवृद्धा तथा महिलालाई ग्राहयता र सहयोग रहेको भनेर महानगरपालिकाको सकारात्मक पक्ष पनि उल्लेख गरेका छन् । महानगरपालिकामा अनावश्यक विचौलिया संलग्न नभएको, एक ठाउँमा आएपछि सम्पूर्ण काम हुने, जनप्रतिनिधिको बोलीचालीमा मिठास, व्यवहारमा मिलनसार रहेको अनुभव पनि सेवाग्राहीले सुनाएका छन् । पोखरा महानगरपालिकाको सेवाप्रवाहबारे सभागृहमा शुक्रबार सार्वजनिक सुनुवाइ भएको थियो ।
महानगरको कार्यालयमा आउनुपर्नाको कारणबारे ५६ प्रतिशत सेवाग्राहीले सिफारिस लिन÷पु¥याउन आएको बताएका थिए । दर्ता÷नवीकरणका लागि १३ प्रतिशत पुग्ने गरेको देखिएको छ । ३ प्रतिशत भने आर्थिक सहयोग लिने उद्देश्यले महानगरपालिका पुगेको सर्भेक्षणका क्रममा भेटिएको थियो । योजना माग गर्ने ४ प्रतिशत भेटिएका थिए भने कार्यालयले राखेको सूचना प्राप्त गर्ने उद्देश्य भएका ११ प्रतिशत थिए ।
गण्डकी छड्के मिडियाले आयोजना गरेको सार्वजनिक सुनुवाइका क्रममा सेवाग्राहीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलाई प्रश्न गरेका थिए । त्यस अवसरमा मेयर धनराज आचार्यले समय अनुसार परिवर्तन गर्दै जाने र सेवाग्राहीका सुझावलाई ग्रहण गर्ने प्रतिबद्धता जनाए । महानगरमा जनप्रतिनिधि आएदेखि नै सार्वजनिक सुनुवाइ नभएकोमा अब यसलाई निरन्तरता दिने उनले बताए । मेयर आचार्यले ४ वर्षभित्र बसपार्क निर्माण गरिछाड्ने उनको प्रतिबद्धता थियो ।
मेयर आचार्यले महानगरद्वारा सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक सहित ती विषयका सम्बन्धमा सार्वजनिक रूपमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरूमा स्पष्टता ल्याइ नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण तथा जिम्मेवार संस्कार बसाउन सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । सेवाग्राहीहरूका प्रश्नका जवाफ महानगरका मेयर आचार्यसहित उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतले दिएका थिए ।








५ वर्षमा पनि बनेन सेती नदीमा पुल
एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया