नेपाली लेखक संघ कास्कीमा रीता

पोखरा, ६ साउन
नेपाली लेखक संघ, कास्कीको पाँचौअधिवेशन एवं काव्य गोष्ठी सम्पन्न भएको छ । पाँचौं अधिवेशनबाट रीता अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्ष कमल पौडेल अथक, सचिव प्राञ्जल, सहसचिव श्रीराम अधिकारी गोर्जे, कोषाध्यक्ष मेघराज आचार्य चुनिएका छन् । सदस्यमा रोशन तिमिल्सिना, तारानाथ पराजुली, गोपालप्रसाद अधिकारी, मनीषा पौडेल र भेषराज पौडेल चयन भएका छन् ।

बाँकी एक सदस्य कार्यसमितिले पछि मनोनित गर्ने गरी दस सदस्यीय समिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक लक्ष्मण थापाले जानकारी दिए ।
संस्थाको पाँचौँ अधिवेशनको उद्घाटन गर्दै नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष कवि तीर्थ श्रेष्ठले नेपाली लेखक सङ्घले अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज बुलन्द पार्दै आएको इतिहासको सम्झना गरेका थिए । साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ भन्ने कोइरालाको अभिव्यक्तिलाई आत्मसात गर्दै संस्थाले निष्पक्ष ढङ्गबाट निडर भएर विचारहरू अभिव्यक्त गर्नुपर्ने बताए । नेपाली लेखक सङ्घ, केन्द्रले राष्ट्रिय लेखक दिवस मनाउन थालेको बताउँदै उनले लेखकहरूको प्रतिलिपि अधिकारको रक्षाका लागि आन्दोलनको तयारीमा संस्था रहेको पनि बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले नेपाली लेखक सङ्घ कास्कीले स्थापनाकालदेखि पाँचौँ अधिवेशनसम्म उल्लेखनीय कार्य गरेकामा प्रशंसा गर्दै आगामी समयमा रचनात्मक कार्यक्रम पस्कँदै अगाडि बढ्न आग्रह गरे । संस्थाको केन्द्र र प्रदेश समितिसँग सहकार्य गर्दै सदस्यता वृद्धिलाई जोड दिनुपर्ने आवश्यकता पनि उनले औँल्याए । कार्यक्रममा नेपाली लेखक सङ्घ, कास्कीका संस्थापक अध्यक्ष डा. लक्ष्मीशरण अधिकारी, निवर्तमान अध्यक्ष सञ्जीव पौडेललगायतले बोलेका थिए ।
अध्यक्षमा निर्वाचित भइसकेपछि अधिकारीले नयाँ कार्यसमितिको तर्फबाट बोल्दै संस्थाले विगतदेखि गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिँदै नवीन शैलीका कार्यक्रमको थालनी गर्ने प्रतिबद्धतासमेत जनाइन् । कार्यक्रममा आजीवन सदस्यहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया