नेवाः पत्रकार पुचःमा अनिशा

समाधान संवाददाता २०८० साउन ७ गते ११:२२

पोखरा ।
नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा श्रेष्ठ चयन भएकी छन् । पुचःको शनिबार भएको दोस्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उनी सिटी वान टेलिभिजनमा आवद्ध छिन् ।


पुचःको उपाध्यक्षमा गणेश श्रेष्ठ, महासचिव सुशील श्रेष्ठ, कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ चयन भएका छन् । सदस्यमा सुरज श्रेष्ठ, सञ्जय शाक्य, अल्चना श्रेष्ठ र अभिनन्दन बजिमय चुनिए ।


नवनिर्वाचित अध्यक्ष अनिशाले आफूले बोलेर भन्दा पनि काम गरेर देखाउने बताइन् । उनले नेवाः संस्कृति र परम्परालाई संरक्षण र प्रचारप्रसारलाई मूल उद्देश्य बनाएर काम गर्ने प्रतिबद्धता गरिन् ।

Advertisement


नेवाः खलः कास्की अध्यक्ष अशोक पालिखेले संस्थाले नेवारहरुको संस्कृति र परम्परा संरक्षणका लागि विशेष योगदान दिएको बताए । उनले केही नेवारले आफ्नो संस्कार र संस्कृतिलाई राम्रोसँग अध्ययन नगरी काम गर्दा संस्कृति लोप हुन सक्ने सम्भावना देखिएकाले संरक्षणका लागि छिट्टै कार्ययोजनासहित काम गर्न लागिएको सुनाए ।


पुचःका सल्लाहकार दीपेन्द्र श्रेष्ठले नेवारहरुसँग जोडिएका भाषा, संस्कृति, परम्परा लोप हुँदै गएको र त्यसलाई संरक्षण र सम्वद्र्धनका लागि मसिनो गरी केलाउन र खोज्न नेवाः पत्रकार पुचःले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

Advertisement


कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, नेपाल पत्रकार महासंघ गण्डकी महसचिव गोविन्द सुवेदी, नेवाःल्याम्ह पुचः कास्की अध्यक्ष मधुसुदन जोशी, नेवाः मिस पुचः कास्की अध्यक्ष संगीता बज्राचार्य, आदिवासी जनजाति पत्रकार संघ कास्की अध्यक्ष दीलप्रसाद गुरुङ लगायतले बोलेका थिए ।


कार्यक्रम नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष सञ्जय मल्लको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया