कालिका भ्यु टाउनको वृक्षारोपण

समाधान संवाददाता २०८० साउन ७ गते १६:५५

पोखरा ।

लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनको वृक्षारोपण एव मन्दिर परिसर सरसफाइ, गोडमेल एव डस्टबिन हस्तान्तरण कार्यक्रम भएको छ । पोखरा २७ मा अवस्थित सिद्धस्थान जय गुरुदेव मन्दिर एवं आश्रममा कार्यक्रम भएको छ ।


कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ एमका वृक्षारोपण बिभाग प्रमुख लक्ष्मण तिमिल्सिनाले लायन्सका कार्यक्रम फोटोका लागि नभई समाजमा देखिने खालका हुनुपर्नेमा जोड दिए । सेवाको काममा क्लबले डिस्ट्रिक्टको आव्हान अनुसार वृक्षारोपण गरेकोमा उनले धन्यवाद दिए ।

Advertisement


क्लबका अध्यक्ष दिनेशबाबु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चियर पर्सन कोपिला श्रीस, जोन चियर पर्सन शुक्रराज अधिकारी, पूर्व अध्यक्ष नारायण अधिकारी, पोषणमणि त्रिपाठी, आश्रमका गुरु डोलराज गौतम, शिव लामिछाने, लायन्स क्लब अफ पोखरा डेस्टिनेसनका उपाध्यक्ष खेमराज तिमिल्सिना, क्लबका सचिव राम उपाध्याय, शुक्रराज अधिकारी लगायतले बोलेका थिए ।


आश्रम परिसरमा डस्टबिन राख्नुका साथै रुद्राक्ष, तेजपत्ता, अमला, बेल लगायतका ६० बिरुवा सारिएको र अघिल्लो साल रोपिएका विरुवा गोडमेल गरिएको क्लबका प्रथम उपाध्यक्ष ईश्वर अधिकारीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया