महिलालाई कुटपिट गरेर लुटपाट गर्ने एक जना पक्राउ

पोखरा ।
एक जना महिलालाई कुटपिट गरेर लुटपाट गर्ने एक पुरुष पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वैदाम पोखराले आइतबार दिपेन गुरुङ भनिने ‘सन्तबहादुर मगर’लाई कुटपिटसहित लुटपाट गरेको आरोपमा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदबहादुर जोशीले बताए ।
डिएसपी जोशीका अनुसार शनिबार बिहान ७ बजेटको समयमा पोखरा १८ गुफाडाँडा स्थित गोरखा गण्डकी गाउँपालिका ७ घर भएकी वर्ष २४ वर्षीय आकृति रेग्मी रगताम्मे अवस्थामा भेटिएकी थिइन् । उनको टाउको तथा दायाँ आँखामा गम्भीर चोट लागेको थियो ।
घटनालगत्तै गम्भीर घाइते रेग्मीले घटनाबारे सोधपुछ गर्दा दिपेन गुरुङले फलामको हथौडा तथा धारिलो हतियार चक्कु समेतले टाउकोको विभिन्न भाग, दायाँ आँखामा प्रहार गरेको बयान दिएकी थिइन् । रेग्मीले आफूलाई मरणासन्न अवस्थामा पु¥याई झाँडीमा फाली साथमा भएको नगद ४ हजार र मोबाईल फोन समेत लगेको बताएपछि प्रहरीले खोजबिन गरेको थियो ।
सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले धादिङ बेनीघाट रोराङ गापा १० डुंगे घर भएका वर्ष २५ वर्षीय दिपेन गुरुङ पक्राउ गरेका हो । मगरलाई जिल्ला अदालत कास्कीबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद थप गरि अनुसन्धन्धान गरिरहेको डिएस्पी जोशीले बताए । घाइते रेग्मीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया