रोटरी लेखनाथको पदस्थापन

समाधान संवाददाता २०८० साउन ८ गते १३:०७

लेखनाथ ।
रोटरी क्लब अफ लेखनाथको सन् २०२३/२४ का लागि निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ । क्लबको शनिवार वर्ष २०२२/२३ का अध्यक्ष अम्बिकामोहन भट्टराईले वर्ष २०२३/२४ का अध्यक्ष रामप्रसाद आचार्य नेतृत्व टिमलाई पदस्थापना गराएका हुन् ।


कार्यक्रममा विनोद कोइरालाले रोटरीले समाज सुधारका लागि वातावरण, स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको बताए । कार्यक्रममा रोटरी क्लबका जिएसआर माधवप्रसाद सिग्देल र असिस्टेन गर्भनर उदय गर्तौला, भावी अध्यक्ष रामकृष्ण खनाल, सचिव माधव बराल, पूर्वअध्यक्ष विश्वमणि भण्डारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया