बिरौटा साझा चौतारीको चार्टर नाइट कार्यक्रम

समाधान संवाददाता २०८० साउन ८ गते १४:२९

पोखरा ।
लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीको शनिबार नवौं चार्टड नाइट कार्यक्रम भएको छ । कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एमका भाइस डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले उद्घाटन गरे । कार्यक्रम उदघाटनपछि अर्यालले क्लबले गरेको कामप्रति उच्च सम्मान व्यक्त गर्दै अझ रचनात्मक र समाजमा आवश्यक परेको क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।


स्पोन्सर क्लब लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका सिनियर एड्भाइजर बिना गुरुङले क्लबले स्थापनाको छोटो समयमा गरेको सफलताको प्रशंसा गरिन् । उनले डिस्ट्रिक टुक्रिँदा आफ्नै सन्तान आफूबाट छुट्टिएर गएकोजस्तो महशुस गरेको बताइन् ।


कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष दुर्गाकुमारी आचार्यले क्लबको बारेमा बोल्दै छोटो समयमा क्लवले समाजमा बनाएको उचाईंलाई निरन्तरता दिन आग्रह गरिन् । संस्थाका अध्यक्ष लक्ष्मी बराल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एमका सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर धनीराम बराल, सिनियर एडभाइजर मैना अर्याल, पढाऔं अभियानका चिफ पुष्पाकुमारी आचार्य, रिजन चेयर पर्सन भोजराज बराल, जोन चेयर पर्सन गीता पराजुली, दयाराम सापकोटा लगायतले बोलेका थिए ।

Advertisement

क्लबका प्रथम उपाध्यक्ष मेनका पौडेल को संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन सचिव अमृता अधिकारीले गरेकी थिइन् । महिला मात्रै सदस्य रहेको क्लबले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ । क्लबमा ३४ जना सदस्य छन् ।

Advertisement

तपाईको प्रतिक्रिया