गंगाधारलाई मदरल्यान्ड माविको सम्मान

समाधान संवाददाता २०८० साउन ९ गते १२:०९

पोखरा ।
नेपाली भाषाको श्रीवेद्धिमा योगदान दिएका गंगाधर तिमिल्सिना पोखरामा सोमबार सम्मानित भएका छन् । लामो समयसम्म शिक्षण पेशामा रही नेपाली भाषा शिक्षणमार्फत विद्यार्थीमा नेपाली विषयका भाषिक ज्ञानलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएकोमा पोखराको मदरल्यान्ड माध्यामिक विद्यालयले तिमिल्सिनालाई सम्मान गरेको हो ।


शिक्षण पेशाबाट निवृत्त भएपछि पनि तिमिल्सिनाले लेखन कार्यमार्फत नेपाली भाषाको गरिमा प्रर्बद्धनका लागि पुर्‍याएको योगदानको मूल्यांकन गर्दै विद्यालयले नगद १० हजार १ सय ११ रुपैयाँ र सम्मानपत्रसहित तिमिल्सिनालाई सम्मान गरेको हो । अग्रज साहित्यकार सरुभक्त, साहित्यकार सरस्वती श्रेष्ठ, मदरल्यान्ड माध्यामिक विद्यालयका निर्देशक डा त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल लगायतले तिमिल्सिनालाई सम्मान गरेका हुन् ।


विसं. १९९९ पुसमा पोखरा २३ चैनपुरमा जन्मिएका तिमिल्सिना ४ दशक शिक्षण पेशामा संलग्न थिए । उनले २१ वर्ष पोखरा महानगरपालिका वडा नं. ५ को वाराही माध्यमिक विद्यालयमा प्राचार्य बनेर सेवा गरेका थिए । उनी पोखरा महानगरकै वडा नंं १ बगरमा रहेको विन्ध्यवासिनी संस्कृत विद्यापिठको संस्थापक प्राचार्यसमेत हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया