एमाले गण्डकीको अन्तक्र्रिया

समाधान संवाददाता २०८० साउन ९ गते १४:३९

पोखरा ।

Advertisement

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सचिवालय सदस्य तथा सदस्यहरूसँग अन्तक्र्रियात्मक बैठक गरेको छ ।


पार्टी सचिव तथा गण्डकी प्रदेश कमिटी इन्चार्ज गोकर्ण बिष्टले नयाँ चुनौती र जिम्मेवारीलाई सामना गर्न यथार्थमा मैदानमा उत्रनुपर्ने बैठकमा बताए । उनले परिणाम निस्कने गरी पार्टी काममा लाग्न सबै प्रदेश कमिटीका सदस्यहरूलाइ आग्रह गरे ।

Advertisement


सचिव बिष्टले एमाले सरकारका योजना र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूले गरेका कामको प्रभावकारी प्रचारको खाँचो औंल्याए । संगठनात्मक अराजकता र स्वेच्छाचारिताले पार्टी सबल हुन नसक्ने उनको भनाइ थियो । अवसरका लागि मात्रै पार्टी खोज्ने प्रवृत्ति घातक भएको हुँदा निहित व्यक्तिगत स्वार्थ केन्द्रित हुने गरी काम गर्न नहुनेमा उनले जोड दिए ।


एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले अब नेतृत्व वा कार्यकर्ता सबै सच्चिनुको विकल्प नभएको उल्लेख गरे । अधिकारीले कांग्रेस र माओवादीले सिद्धान्त छोडेको र नयाँ उदाएको भनिएका पार्टीहरूको कुनै कार्यनीति र सिद्धान्त नभएको अधिकारीले बताए ।

Advertisement


उनले पार्टीका विरुद्ध भएका अनर्गल प्रचारलाई परास्त गर्नुपर्ने खाँचो पनि औंल्याए । पार्टी प्रदेश कमिटीका उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले कमीकमजोरीहरूबाट सिक्दै पार्टीको साख उचो गर्ने गरी अझै घनिभूत तवरले लागिपर्नुपर्ने विचार राखे ।


कार्यक्रममा गण्डकी प्रदेश कमिटीमा कास्कीबाट प्रतिनिधित्व गर्ने सचिवालय सदस्य एवं सदस्यहरू पुण्य पौडेल, आनन्द सुवेदी, लक्ष्मी अधिकारी, भूपेन्द्र गिरी, कालिदास सुवेदी, पूर्ण गिरी, प्रभा कोइराला, शोभामोहन पौडेल, चतुरे विक, ईश्वर आचार्य, विद्याविमल बराल, पार्वती जिसी, भीमप्रसाद बास्तोला लगायतले पार्टीको वर्तमान अवस्था र भावी कार्यदिशाका सन्दर्भमा सुझाव प्रस्तुत गरेको कमिटी प्रचार विभाग सदस्य रामजीप्रसाद लम्सालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया