राष्ट्रिय युवा नीतिसम्बन्धि अन्तरक्रिया

समाधान संवाददाता २०८० साउन १० गते १४:०४

पोखरा ।
राष्ट्रिय युवा नीतिसम्बन्धि गण्डकी प्रदेशस्तरिय युवाहरुबीच पोखरामा अन्तरक्रिया गरिएको छ ।
राष्ट्रिय युवा परिषद, नेत्रहिन युवा संघ नेपाल र राइट हेयर राइट नाउ नेपालको संयुक्त आयोजनामा गण्डकी प्रदेशका युवाहरुको बीचमा राष्ट्रीय युवा नीतिसम्वन्धि अन्तरक्रिया भएको हो । गण्डकी प्रदेशमा विभिन्न पेशा, शिक्षा, वर्ग, क्षेत्र, समुदायलगाएतमा रहेका युवाहरुको सहभागितामूलक उपस्थिति रहेको थियो ।


कार्यक्रमको मुख्य उद्देश्य विद्यमान राष्ट्रिय युवा नितिको सम्बन्धमा युवाहरुलाई सुशुचित गराउनु र अव परिमार्जन हुने चरणमा रहेको राष्ट्रीय युवा नीतिमा कस्ता मुद्दाहरु समेटिनु पर्छ भनी युवाहरुबाट सुझाव संकलन गर्नु रहेको नेत्रहिन युवा संघ नेपालका कार्यक्रम अधिकृत नीर श्रेष्ठले जानकारी दिए । सहभागिहरुबाट धेरै किसिमका सुझावहरु आएको उनी बताउँछन् ।


शिक्षालाई सिपसँग जोडिनुपर्ने, हरेक किसिमका निर्णायक प्रकृया र जिम्मेवारीमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता, नीतिलाई कार्यान्वयनमा जोड दिनुपर्ने, स्थानीय तहमा युवाहरुको सहभागिता हुनुपर्ने, रोजगारी तथा उद्यमसिलता विकासको लागी परिवेश सुहाउँदो नीतिहरू अवलम्बन गर्नुपर्ने, नेपाली युवाहरूले विश्व बजारमा सहजै प्रतिस्पर्धा र पहुँच कायम गर्न सक्ने किसिमको नीति अक्तियार गर्नुपर्ने, सिमान्तकृत समुदायका युवाहरूको सशक्तिकरणका लागी विशेष र थप समावेशिमुलक निति र कार्यक्रमहरूको व्यवस्था गरिनुपर्ने, बृहत यौनिकता शिक्षालाई जीवनोपयोगी सिप र ज्ञानको प्रमुख हिस्साको रूपमा स्विकार्दै त्यसअनुरूपका नीतिहरू अक्तियार गर्नुपर्ने, हरेक क्षेत्रमा लैंगिक समता सुनिश्चित गराउने खालका नीतिहरू ल्याइनुपर्ने, इन्टरनशिप, सिप पाठशाला, नविनतम विकासको प्रवर्तनको लागी युवा लक्षित विशेष व्यवस्थाहरू युवा नीतिमा नै समेटिनुपर्ने र अन्य निती, वार्षिक निति तथा कार्यक्रम र योजनामा उल्लेख भएका पक्षहरूलाई युवा नीतिमा पनि प्रतिबिम्बन गर्नुपर्ने सुझाव कार्यक्रममा दिइएको श्रेष्ठले बताए । कार्यक्रम निकै उपलब्धिमूलक भएको उनको भनाई थियो ।

Advertisement


अन्तरक्रियामा राष्ट्रिय युवा परिषदका उपसचिव कर्ण कुँवर, सुवास मल्ल र निर श्रेष्ठले युवाहरुलाई प्रशिक्षण दिएका थिए ।


त्यस्तै जिल्ला युवा समिति कास्कीका अध्यक्ष विबेक देवकोटा, संघिय युवा सञ्जालका पूर्व केन्द्रीय अध्यक्ष विबेक त्रिपाठी, राइट हेयर राइट नाउकी प्रतिनिधि संस्कृति श्रेष्ठको उपस्थितिमा भएको अन्तरक्रियामा ४० जनाको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया