सत्तारुढ दलको भइसकेपछि सुनपानी छर्केर चोख्याउन मिल्ने हो ?

पोखरा ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सत्तारुढ दलका नेताहरुलाई बचाउ गरेको आरोप लगाएका छन् । प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले सत्तारढ दलका नेताका परिवारको नाम पटकपटक सुन काण्डमा जोडिएपछि सोधपुछ नगरेको आरोप लगाएका हुन् ।
‘सत्तारुढ पार्टीका नेताका परिवारको नाम जोडियो सुन तस्करी गरेको विषयमा । सुन व्यापारीसँग दर्जनौंपटक फोन भएको कल डिटेल सार्वजनिक भए । तर, कुनै सोधपुछ नै हुँदैन । सत्तारुढका भइसकेपछि उन्मुक्ति पाउने हो ? सुनपानी छर्केर चोख्याउन मिल्ने हो ?, ज्ञवालीले प्रश्न गरे ।
उपमहासचिव ज्ञवालीले सत्तारुढ हुँदैमा कसैले उन्मुक्ति पाउन नहुने बताए । ‘अहिलेको यो अभियान साच्चीकै तस्करी, भ्रष्टाचारलाई समाप्त पार्ने भन्दा पनि बढी हल्लाहरु, पोलिटिकल स्टन्टजस्तो देखिन्छ । यस्तो नगरेर सरकारले यो गम्भीर बन्दै गरेको भ्रष्टाचारविरुद्ध कारवाही गरोस् । त्यो भयो सरकारले समर्थन पाउँछ । त्यसमा भएको दोहोरो मापदण्ड सत्तारुढ दलका मान्छेहरुलाई बचाउ भइरहेका खेलहरुको हामी आलोचना गर्छाैं,’ उनले भने, ‘सत्तारुढ हुँदैमा कसैले उन्मुक्ति पाउनु हुँदैन ।’
पछिल्लो समय भएको सुन तस्करीको विषयमा गृहमन्त्रालय फेल भएको उपमहासचिव ज्ञवालीले जिकीर गरे । ‘सुन काण्डमा गृहमन्त्रालय फेल भएको देखिन्छ, गृहमन्त्री अन्तर्गतका सबै संयन्त्रबाट छलेर भन्सारबाट पनि बाहिर आएर राजस्व मात्रै फेला पारेको स्थिति छ । तर, अहिले गृहमन्त्री जी मानौं आफैले नै गरेजस्तो गर्नुभएको छ,’ उनले भने ।








के मानवीय लेखन लोप हुने संघारमा छ ?
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
भिजिट भिसा प्रकरणमा मुछिएपछि म्याग्दीका सिडिओ तिवारी मन्त्रालय तानिए
सम्पादकीय—सुशासनको परीक्षा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया