व्यास नगरपालिकाले बनायो ३८ किमी बाटो

समाधान संवाददाता २०८० साउन १० गते १४:२९

दमौली ।
तनहुँको व्यास नगरपालिकाले २०७९/८० मा ३८ किमी सडक विस्तार गरेको छ । नगरपालिकाको योजना शाखाले दिएको तथ्यांक अनुसार गएको वर्ष ४ किमी सडक कालोपत्र र २६ किमी नयाँ ट्रयाक खोल्ने र ८ किमी गाभ्रेल गरिएको हो ।


१७ किमी पक्की नालासमेत विस्तार गरिएको योजना शाखाका अधिकृत भेषराज तिवारीले जानकारी दिए । थप ४ किमी सडक कालोपत्र हुँदै छ । ‘नगरपालिकाको आफ्नै लागतमा उक्त सडक पिच गरेका हौं, १ किमी सडक पिच गर्न १ करोडभन्दा बढी रकम खर्च हुन्छ,’ उनी भन्छन्, ‘पिच गरिएको सडकमा कालोपत्रमात्र गरिँदैन, पक्की नाला निर्माणदेखि पहिरो रोकथामको भौतिक निर्माणसमेत गरिन्छ ।’


गएको वर्ष ११ वडामा १२ किमी नयाँ ट्रयाक विस्तार गरिएको छ । वडा नं १ मा ६ सय २० मिटर, वडा नं ३ मा ६ सय ५० मिटर, वडा नं ४ मा १ सय मिटर, वडा नं ५ मा ८ सय ५३ मिटर, वडा नं ६ मा ८ सय ३५ मिटर, वडा नं ८ मा ७ सय ५० मिटर, वडा नं ९ मा १ हजार २ सय मिटर, वडा नं १० मा १ हजार मिटर, वडा नं १२ मा ४ सय ९२ मिटर, वडा नं १३ मा २ हजार ४ सय ९० मिटर र वडा नं १४ मा २ हजार ८ सय ९० मिटर सडक नयाँ ट्रयाक विस्तार गरिएको हो ।

Advertisement


८ वडा मा २४ किमी बाटो ग्राबेल गरिएको छ । वडा नं ६ मा ६ किमी, वडा नं ८ मा ७ सय २० मिटर, वडा नं १० मा १.५ किमी, वडा नं ११ मा ५ किमी, वडा नं १२ मा १.२ किमी, वडा नं १३ मा २.१ किमी र वडा नं १४ मा ६ सय ८० मिटर बाटो ग्राबेल गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया