
दमौली ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक स्थललाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने विचार राखेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका २ स्थित मुक्तिनाथ च्यवनधाममा सोमबारबाट सुरु भएको बोलबम धार्मिक महोत्सवमा मुख्यमन्त्री पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोड्न सकिए विकास सम्भव हुने औंल्याए ।
गण्डकी प्रदेश धार्मिक पर्यटनमा धनी रहेकाले धार्मिक पर्यटनको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ छ । मुक्तिनाथ च्वयनधाम पछिल्लो समय धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेकाले यसको आवश्यक पूर्वाधार विकासका लागि सरकार सकारात्मक रहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।
उनी भन्छन्, ‘गण्डकी प्रदेश पर्यटनमा धनी छ, धार्मिक पर्यटनमा गण्डकी प्रदेशमा प्रशस्त सम्भावना छ । यसतर्फ सरकारको ध्यान गएको छ ।’ च्वयनधाम र गौसंरक्षण केन्द्र सञ्चालनार्थ आर्थिक संकलन गर्ने उद्देश्यसहित च्यवनधाममा बोलबम महोत्सव आयोजना गरिएको हो । साउन १५ गतेसम्म हुने उक्त महोत्सवमा भागवत् मञ्जरी राधिका दासीजीले कथा वाचन गर्ने छिन् ।
महोत्सव मूल समारोह समिति संयोजक विमलप्रसाद रिमालले महोत्सवका क्रममा भक्तजन तथा दानवीरबाट संकलित रकम च्यवनधाम र गौ संरक्षण केन्द्रको विकासमा खर्च हुने जनाए । महोत्सवबाट १ करोड संकलन गर्ने लक्ष्य छ । च्यवनधामले प्रत्येक वर्ष साउन महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ ।
च्यवनधाम पछिल्लो समय धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ । यहाँ शिव मन्दिरका साथै मुक्तिनाथकै झल्को दिने १ सय ८ धारा, १ सय ८ ओमकार कल्पवृक्ष, १ सय ८ शिवलिंग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्क लगायतका संरचना बनाइएको छ । बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै बौद्ध गुम्बा पनि च्यवनधाम परिसरमा छ । बौद्ध धर्मावलम्बीको जागरूकतालाई सम्मान गर्दै गुम्बा पनि बनाएको च्यवनधाम समितिका अध्यक्ष होमनाथ लम्सालले बताए ।
मन्दिर क्षेत्रमा १ दशकको अवधिमा ३ करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी गरिएको छ । उक्त रकम दान संकलनसँगै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि उपलब्ध गराएका छन् । मन्दिरमा अझै पनि पूर्वाधार थप गर्ने योजना छ । त्यसका लागि तीन तहका सरकारसँग सहयोग मागिने बताइएको छ ।
अब धाम परिसरमा बृहत् योजना अनुसार विकास गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लम्सालले जानकारी दिए । गुम्बाको तलपट्टि मिनी चिडियाखाना बनाउने योजना बनाइएको छ । गण्डकीको तीरको ढिस्कोको माथिपट्टि हनुमानको मूर्ति र त्यसको तलपट्टि शनि देवताको मूर्ति बनाउने योजना छ । च्यवनधाममा नयाँ वर्ष, साउने सोमबार, कृष्णअष्टमी, बाला चतुदर्शी र शिवरात्रिमा भक्तजनको बढी घुइँचो लाग्छ ।
प्रत्येक वर्षको साउन महिनामा शिवपुराण लगाउने गरिएको छ । लम्सालका अनुसार साउनमा प्रत्येक सोमबार र शिवरात्रि पर्वको बेला यहाँ दैनिक पाँच हजारभन्दा बढी भक्तजन भेला हुन्छन् । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








१०४ वर्षीय झ्याउरी र काशीनाथ बने पोखरा महानगरका ‘मातापिता’
मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया