सई पाैडेलकाे हत्या भएकाे पुष्टी, आमा छाेराले नै स्विकारे

पाेखरा । इलाका प्रहरी कार्यालय भिमगिट्ठे बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेलको हत्या भएको पुष्टी भएकाे छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार हत्यामा संलग्न भएकाे आशंका पक्राउ परेका आमा छाेराले हत्या गरेकाे स्वीकारेका छन् ।
बागलुङको बडिगाड गाउँपालिका ६ खालबजारस्थित आशा होटल एण्ड खाजा घरमा उनी मृत अवस्थामा फेला परेका थिए। हिजो आत्महत्या गरिएकाे भनिए पनि प्रहरीले शंका मानेर होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय बिनोद कुँवरलाई प्रहरीले पक्राउ गरेको थियो ।
साउन ८ गते राति ८ बजेको समयमा होटलमा गएका उनी र होटल सञ्चालकबीच विवाद भएको र त्यसपछि हत्या गरिएको बागलुङका डीएसपी मदन केसीले बताएका छन् ।
होटल सञ्चालक आशा कुँवर र उनका छोरा बिनोद कुँवरले वरिष्ठ सई पौडेललाई टाउकोमा मुक्काले हानेर लडाएको र छातिमा लात्तिले हानेर बेहोस बनाएपछि पर्दाको कपडाले घाँटीमा कसी हत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष रहेको डीएसपी केसीले भनेका छन् ।
राति साढे ११ बजे हत्या गरेपछि घाँटीमा लगाएको सिक्री समेत फुकालेर लगेकाे खुलेको छ । उक्त सिक्री प्रहरीले होटलकै किचन र्याकबाट बरामद गरेको छ।
अहिले मृतकका आफन्त प्रहरीमा किटानी जाहेरी दिन गएका छन् भने मृतक पाैडेलकाे पर्वतस्थित माेदी नदी किनारमा दाहसँस्कार गरिदैं छ ।








डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
विद्या भट्टराईको घोषणा : महाधिवेशनमा उम्मेदवारी दिन्न, सांसद पनि लड्दिन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया