भेनिस चलचित्र महाेत्सवमा ‘दि रेड सुटकेस’
समाधान संवाददाता
२०८० साउन ११ गते १५:३१

काठमाडौं ।
भेनिस चलचित्र महोत्सव’ को ८० औँ संस्करणमा निर्देशक फिडेल देवकोटा निर्देशित चलचित्र ‘दि रेड सुटकेस’ छनोट भएको छ ।
महोत्सवको दोस्रो मुख्य प्रतिस्पर्धा ‘होराइजन’ विधामा छानिएको चलचित्रमा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव देखाइएको निर्देशक देवकोटाले जानकारी दिए । यसअघि सोही महोत्सवमा पुगेका २ चलचित्र ‘कालो पोथी’ र ‘सेतो सूर्य’ मा निर्माता तथा छायाँकार विदेशी थिए । स्वदेशी निर्माण समूहकै कार्यकौशलमा प्रतिष्ठित महोत्सवमा पुग्ने ‘दि रेड सुटकेस’ पहिलो चलचित्र बनेको छ ।
निर्देशक देवकोटा स्वयंले लेखेको चलचित्रमा सौगात मल्ल, विपीन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । इटालीको भेनिस सहरमा हुने महोत्सव आगामी अगस्ट ३० देखि सुरु भएर सेप्टेम्बर ९ सम्म चल्नेछ ।
सम्बन्धित






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया