पूर्णिमा श्रेष्ठले गरिन् केटु हिमालकाे सफल आराेहण

समाधान संवाददाता २०८० साउन १२ गते १०:५८

पोखरा ।
पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गरेकी छन् । फोटो पत्रकार श्रेष्ठले सबैभन्दा कठिनमध्येको हिमाल केटुको सफल आरोहण गरेकी हुन् ।


गोरखाकी श्रेष्ठले यसअघि सगरमाथा हिमालको आरोहण गरिसेकी छन् । ८ हजार ६ सय ११ मिटर अग्लो केटु हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो । केटुको सफल आरोहणसँगै सामाजिक सञ्जालमार्फत श्रेष्ठले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया