मानव सेवा आश्रमलाई औषधी सहयाेग

पोखरा ।
सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिले हल हुने बताएकी छन् । मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाई औषधी वितरण गर्दै मन्त्री सिंखडाले यस्तो धारणा राखेकी हुन् ।
‘हिजो सडकमा देख्दा बिचरा भन्नेमात्र थियो,‘ उनले भनिन्, ‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु ।’ राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे धेरै काम गर्न सकिने उनले उल्लेख गरिन् । ‘मैले गर्नुपर्ने भूमिका निर्वाह गर्छु । स्वास्थ मन्त्रालयको समन्वय र सहयोगमा औषधी आएको छ, यो हाम्रो दायित्व हो,’ उनले भनिन् ।
सामाजिक विकास तथा स्वास्थ मन्त्रालयका स्वास्थ सचिव विनोदविन्दु शर्माले यस्तै संस्था कास्की मात्र नभएर अन्य जिल्लामा पनि भएको जनाए । मन्त्रालयका समाजिक सचिव तोयानाथ लम्सालले सामाजिक विकास मन्त्रालय प्रदेशले सडक मानव मुक्त प्रदेश घोषणा गरेको स्मरण गरे । गण्डकी प्रदेश सरकारले मानब सेवा आश्रममा ७० लाख बजेट विनियोजन गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्की प्रमुख बद्री आचार्यले ३३ प्रकारका मानसिक रोग सम्बन्धी र अन्य ३९ प्रकारका औषधी दिइएको जानकारी दिए । प्रदेश आपूर्ति केन्द्र, गण्डकी प्रदेश औषधी व्यवसायी, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की सहयोगमा औषधी दिइएको हो । मानव सेवा आश्रम कास्की जिल्ला संयोजक सदिश पुनले १ सय पुरुष र ६७ महिला अहिले मानव सेवा आश्रममा रहेको जानकारी दिए ।








जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
बागलुङमा पिकअप जिपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया