प्रदेश स्तरीय महिला सम्मेलन हुँदै

पोखरा ।
गण्डकी प्रदेशमा ‘नेपालमा महिला सम्भावना र चुनौति’ विषयक प्रदेश स्तरीय सम्मेलन हुने भएको छ । नेपाल सारथि फाउन्डेस र इन्भाइरोमेन्टल हेल्थ न्युजको संयुक्त आयोजनामा साउन १४ गते पोखरा सभागृह हलमा सम्मेलन लागेको हो ।
सम्मेलनमा शुभारम्भ नेपाल, योंग इकोनोमिस्ट सोसाइटी नेपाल र आशीर्वाद क्लब अफ नेपालले सहआयोजकमा साथ दिएको सम्मेलनका निर्देशक अंकित सुवेदीले जानकारी दिए । सम्मेलनमा अवसर, स्वास्थ्य र कानुनका विषयमा अन्तरक्रिया हुनेछ । महिलाका लागि अवसर सिर्जना गर्नु, उनीहरुको स्वास्थ्यमा ध्यान दिन र महिलालाई कानुनका विषयमा ज्ञान दिनु सम्मेलनको मुख्य उद्देश्य रहेको निर्देशक सुवेदीले बताए ।
गण्डकी प्रदेशबाट सुरु भएको सम्मेलन अन्य सहरमा पनि आयोजना गरिने आयोजकको लक्ष्य छ । त्यसपछि काठमाडौंमा भदौ २९ गते अन्तर्राष्ट्रिय सम्मेलन गरिने गण्डकी सम्मेलनका सहनिर्देशक अजर गुरुङले सुनाए । सो अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, कानुन मन्त्रालय, युवा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय गण्डकी प्रदेशले साथ दिएका छन् ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया