किसानको मागः लम्पी स्क्रिन रोगबाट पुगेको क्षतिपूर्ति र पुर्नस्थापना खोइ !

समाधान संवाददाता २०८० साउन १३ गते १७:१४

पोखरा ।

पोखराका किसानहरुले शुक्रबार विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको लम्पी स्क्रिन रोगले गाईभैंसीलाई आक्रान्त पार्दा पनि सरकार मौन रहेको भन्दै पोखराको पृथ्वीचोकमा गण्डकी प्रदेशका किसानले विरोध प्रदर्शन गरेका हुन् ।


‘किसानलाई राहत, क्षतिपूर्ति र पुर्नस्थापनासहितको प्याकेज खोइ’, ‘रसायनिक मलको सहज आफूर्तिको व्यवस्था गरियोस्’, ‘किसानलाई पेन्सनको व्यवस्था गर’ जस्ता नारा लगाउँदै पृथ्वीचोकमा विरोध प्रदर्शन गरिएको अखिल नेपाल किसान महासंघ गण्डकका अध्यक्ष गोबरधन गौलीले बताए ।

Advertisement


‘देशमा फौलिएको लम्पी स्क्रिन रोगले विश्व नै आक्रान्त पार्दा हामी अछुतो छैनौं । यत्रो महामारी हुँदा पनि सरकारले किसानलाई राहत दिनुपर्नेमा व्यवस्थाको सट्टा बेवास्था गरेको छ । सोही कारण हामीहरु आन्दोलन गर्न बाध्य भयौं,’ अध्यक्ष गौलीले भने, ‘सरकारलाई यो रोगलाई महामारीको रुपमा समावेश गर्न अनुरोध गरेका छौैं तर, सरकारले व्यवस्था गरेको छ ।’ गाईभैसी मरेर आक्रान्त भएका किसानलाई बिमा रकम दिन पनि झमेला गरिएको र बारम्बार बहानाबाजी गरिएको अध्यक्ष गौलीले बताए ।
‘बिमा कम्पनीले पैसा दिएको छैन । किन पैसा नदिएको भन्दा सरकारले हामीलाई ८० प्रतिशत पैसा पैसा दिएको छैनन बिमा कम्पनीले भनेको छ । बिमा कम्पनीले आलटाल गरेको छ,’ उनले भने, ‘मरेका गाईभैसीको बिमा दाबी गर्न सहज वातावरण बनाइदिनुपर्छ ।’


गौलीले सरकारले आफ्ना मागलाई सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने घोषणा गरे । आफूहरुले राखेको मागलाई तीनवटै सरकारल गम्भीर भएर सोच्न उनको अनुरोध गरेको सुनाए । ‘मरेका पशुहरुको बिमा भुक्तानी तत्काल गरियोस्’, ‘रसायनियक मलको सहज आपूर्तिको व्यवस्था गर, ‘सरकारद्धार सञ्चालित कालिमारी समेतका सम्पूर्ण बजारहरुका सटर तथा स्तलहरु खुल्ला प्रतिष्पर्धाद्धारा भाडामा दिने व्यवस्था गरियोस् भन्दै किसानले आफ्ना माग राखेका छन् ।

Advertisement


‘तरकारी तथा फलफल बजारका सटर तथा स्टलहरु ५० प्रतिशत किसानका लागि छुट्याइयोस्’ ‘किसानको सुचिकरण सहित किसान कर्डाको व्यवस्था गर’ ‘स्थानीय प्रदेश र संघीय सरकारले कृषिजन्य बस्तुमा वृद्धि गरेको कर छुट गर’ आफूहरु सडकमा आइपुगेको उनीहरुले बताए । लम्पी स्क्रिन महामारीलाई रोक्न गाईभैसीलाई पूर्ण खोपको लगाउन सरकारसँग उनीहरुले माग गरेका छन् । खोप लगाएर गण्डकी प्रदेशलाई पूर्ण खोप घोषणा गर्न गर्नुपर्ने उनीहरुको माग छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका अधिकृत सुरज श्रेष्ठले गण्डकीमा ४८ हजार १ सय ३९ वटा गाईभैंसीमा यो रोगको संक्रमण देखिएको बताए । गण्डकीमा यो रोगबाट एक हजार ८०१ वटा गाईभैंसी मरेको अधिकृत श्रेष्ठ सुनाए । ‘प्रदेशभरि गाईभैंसीको संख्या ८ लाख छ । ६० हजार ६ सय ९९ चौपायामा मात्र खोप उपलब्ध गराउन सकिएको छ । यसकारण जोखिम टरेको छैन,’ अधिकृत श्रेष्ठले भने ।

संक्रमण र मृत्युदर हेर्ने हो भने गण्डकीका ११ जिल्लामध्ये गोरखामा बढी संक्रमण देखिएको छ । मृत्यको संख्या भने कास्कीमा बढी छ । गोरखामा १३ हजार ८ सय ३६ संक्रमण हुँदा १ सय १९ वटा जनावरको मृत्यु भएको छ । तर, १२ हजार २ सय ७८ वटा जनावरमा संक्रमण देखिएको कास्कीमा ५ सय ५३ वटा गाईभैंसी मरेको श्रेष्ठले बताए । रोगले गाईभैंसी मर्ने र दूध पनि घटेको उनीहरुको भनाइ छ । यो रोग लागेपछि गाईभैंसीले ८० प्रतिशतसम्म दुध घटाएको किसनाहरु बताउँछन् । गण्डकीमा ८ लाख खोपको माग हुँदा बल्ल ६० हजार ६ सय ९९ वटा गाईभैंसीमा मात्र लगाउ सकिएको अधिकृत श्रेष्ठले बताए ।

किसानको मागः लम्पी स्क्रिन रोगबाट पुगेको क्षतिपूर्ति र पुर्नस्थापना खोइ !
समाधान संवाददाता
पोखरा, ११ साउन
पोखराका किसानहरुले शुक्रबार विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको लम्पी स्क्रिन रोगले गाईभैंसीलाई आक्रान्त पार्दा पनि सरकार मौन रहेको भन्दै पोखराको पृथ्वीचोकमा गण्डकी प्रदेशका किसानले विरोध प्रदर्शन गरेका हुन् ।
‘किसानलाई राहत, क्षतिपूर्ति र पुर्नस्थापनासहितको प्याकेज खोइ’, ‘रसायनिक मलको सहज आफूर्तिको व्यवस्था गरियोस्’, ‘किसानलाई पेन्सनको व्यवस्था गर’ जस्ता नारा लगाउँदै पृथ्वीचोकमा विरोध प्रदर्शन गरिएको अखिल नेपाल किसान महासंघ गण्डकका अध्यक्ष गोबरधन गौलीले बताए ।
‘देशमा फौलिएको लम्पी स्क्रिन रोगले विश्व नै आक्रान्त पार्दा हामी अछुतो छैनौं । यत्रो महामारी हुँदा पनि सरकारले किसानलाई राहत दिनुपर्नेमा व्यवस्थाको सट्टा बेवास्था गरेको छ । सोही कारण हामीहरु आन्दोलन गर्न बाध्य भयौं,’ अध्यक्ष गौलीले भने, ‘सरकारलाई यो रोगलाई महामारीको रुपमा समावेश गर्न अनुरोध गरेका छौैं तर, सरकारले व्यवस्था गरेको छ ।’ गाईभैसी मरेर आक्रान्त भएका किसानलाई बिमा रकम दिन पनि झमेला गरिएको र बारम्बार बहानाबाजी गरिएको अध्यक्ष गौलीले बताए ।
‘बिमा कम्पनीले पैसा दिएको छैन । किन पैसा नदिएको भन्दा सरकारले हामीलाई ८० प्रतिशत पैसा पैसा दिएको छैनन बिमा कम्पनीले भनेको छ । बिमा कम्पनीले आलटाल गरेको छ,’ उनले भने, ‘मरेका गाईभैसीको बिमा दाबी गर्न सहज वातावरण बनाइदिनुपर्छ ।’
गौलीले सरकारले आफ्ना मागलाई सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने घोषणा गरे । आफूहरुले राखेको मागलाई तीनवटै सरकारल गम्भीर भएर सोच्न उनको अनुरोध गरेको सुनाए ।
‘मरेका पशुहरुको बिमा भुक्तानी तत्काल गरियोस्’, ‘रसायनियक मलको सहज आपूर्तिको व्यवस्था गर, ‘सरकारद्धार सञ्चालित कालिमारी समेतका सम्पूर्ण बजारहरुका सटर तथा स्तलहरु खुल्ला प्रतिष्पर्धाद्धारा भाडामा दिने व्यवस्था गरियोस् भन्दै किसानले आफ्ना माग राखेका छन् ।
‘तरकारी तथा फलफल बजारका सटर तथा स्टलहरु ५० प्रतिशत किसानका लागि छुट्याइयोस्’ ‘किसानको सुचिकरण सहित किसान कर्डाको व्यवस्था गर’ ‘स्थानीय प्रदेश र संघीय सरकारले कृषिजन्य बस्तुमा वृद्धि गरेको कर छुट गर’ आफूहरु सडकमा आइपुगेको उनीहरुले बताए । लम्पी स्क्रिन महामारीलाई रोक्न गाईभैसीलाई पूर्ण खोपको लगाउन सरकारसँग उनीहरुले माग गरेका छन् । खोप लगाएर गण्डकी प्रदेशलाई पूर्ण खोप घोषणा गर्न गर्नुपर्ने उनीहरुको माग छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका अधिकृत सुरज श्रेष्ठले गण्डकीमा ४८ हजार १ सय ३९ वटा गाईभैंसीमा यो रोगको संक्रमण देखिएको बताए । गण्डकीमा यो रोगबाट एक हजार ८०१ वटा गाईभैंसी मरेको अधिकृत श्रेष्ठ सुनाए । ‘प्रदेशभरि गाईभैंसीको संख्या ८ लाख छ । ६० हजार ६ सय ९९ चौपायामा मात्र खोप उपलब्ध गराउन सकिएको छ । यसकारण जोखिम टरेको छैन,’ अधिकृत श्रेष्ठले भने ।

संक्रमण र मृत्युदर हेर्ने हो भने गण्डकीका ११ जिल्लामध्ये गोरखामा बढी संक्रमण देखिएको छ । मृत्यको संख्या भने कास्कीमा बढी छ । गोरखामा १३ हजार ८ सय ३६ संक्रमण हुँदा १ सय १९ वटा जनावरको मृत्यु भएको छ । तर, १२ हजार २ सय ७८ वटा जनावरमा संक्रमण देखिएको कास्कीमा ५ सय ५३ वटा गाईभैंसी मरेको श्रेष्ठले बताए । रोगले गाईभैंसी मर्ने र दूध पनि घटेको उनीहरुको भनाइ छ । यो रोग लागेपछि गाईभैंसीले ८० प्रतिशतसम्म दुध घटाएको किसनाहरु बताउँछन् । गण्डकीमा ८ लाख खोपको माग हुँदा बल्ल ६० हजार ६ सय ९९ वटा गाईभैंसीमा मात्र लगाउ सकिएको अधिकृत श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया