कल्याण शेरचन स्मृति प्रतिष्ठानकाे सहयोग

समाधान संवाददाता २०८० साउन १४ गते १२:४०

पोखरा ।

कल्याण शेरचन स्मृति प्रतिष्ठान पोखराले अग्रज श्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७७ औं जन्म जयन्तीको सन्दर्भमा शुक्रबार मानव सेवा आश्रम पोखरा २५ हेमजालाई सहयोग प्रदान गरेको छ ।


कार्यक्रममा खाद्यन्न, सरसफाइ सामग्रीसहित २० हजार बराबरको सहयोग प्रदान गरिएको प्रतिष्ठानका कार्यसमितिका सदस्य तथा कार्यक्रम संयोजक तुलसी क्षत्रीले जानकारी दिइन् । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष श्रीजंग गुरुङ, कार्यसमितिका सदस्य शिवहरि ढुंगाना, मानव सेवा आश्रमका व्यवस्थापन समितिका मदन थापाले नेपाली गीत संगीत तथा लोक संस्कृतिलाई अहिलेको अवस्थामा ल्याउन कल्याण शेरचन जस्ता स्रष्टाको योगदान रहेको बताए ।

Advertisement


‘लोक संस्कृति जोगाऔं, हाम्रो चिनारी बानाऔं’ भन्ने नाराका साथ प्रतिष्ठानले राष्ट्रिय खुला दोहोरी, मादल बादन तथा राष्ट्रिय खुला एकल लोकनृत्य प्रतियोगिता गरेको छ । प्रतिष्ठानले नेपाली लोक बाजा संग्रहालय स्थापना गर्ने योजनाअघि सारेको उपाध्यक्ष गुरुङले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया