तायाः मचा प्रतियोगिता तयारी

पोखरा ।
यस वर्षको तायाः मचा प्रतियोगिता रानीपौवामा हुने भएको छ । प्रतियोगिताको तयारी स्वरुप सचिवालयको उद्घाटन गरिएको छ । पोखराका सबै नेवार सुमुदाय अन्तर्गतका टोलटोलका संस्थाहरुले प्रतियोगितामा भाग लिने नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे जानकारी दिए । सचिवालयको उद्घाटन गर्दै नेवा खलः कास्कीका अध्यक्ष पालिखेले ताया मचाः प्रतियोगिताको तयारी तिव्र पारीएको बताए ।
नेवारी संस्कृतिको संरक्षणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको पनि अध्यक्ष पालिखेले जानकारी दिए । नृत्य ननिस्क्ने ठाउँहरुमा तायामचाको नृत्य निस्कियोस् भनेर नेवा खलः कास्कीको सहयोगमा विभिन्न स्थानका नेवार समुदायहरुलाई बाजाको पूरा सेटसमेत हस्तान्तरण गरिएको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख ३३ हजार ३ सय ३३ रहेको समेत अध्यक्ष पालिखेले बताए । तायाः मचा नृत्य प्रतियोगताका मुख्य संयोजक ईश्वर कर्माचार्यले करिब २५ टिमले सहभागी जनाउने जानकारी दिए । कार्यक्रम भदौ १६ गते शनिबार रानीपौवामा हुने छ । यसअघि नेवा खल कास्कीले तायाः मचा सामग्री नभएको टोलहरुमा बाजासमेत हस्तान्तरण गरेको थियो ।
भदौ १४ गते आआफ्नो टोलमा प्रदर्शन गरेर प्रतियोगितामा सहभागिता रहने संयोजक कर्माचार्यले जानकारी दिए । संस्कृतिकर्मी तीर्थ श्रेष्ठले तायाः मचा पहिलो जस्तो नरहेको बताए । नाचमा चाहिने कुराहरुमा कमी आएकोप्रति चिन्ता लागेको व्यक्त गरे । उनले नाचमा टाउको कसरी हल्लाउने कसरी राग बजाउने र मौलिक शैलीमा ध्यान दिन आग्रह गरे ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया