पोखरामा मलको मूल्य तोकियो

समाधान संवाददाता २०८० साउन १४ गते १४:१२

पोखरा ।
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि मलको मूल्य तथा बिक्री परिमाण निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो ।


महानगरका उपप्रमुख एवं मल वितरण व्यवस्थापन समितिक संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डिएपी र पोटासको मूल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा प्रमुख बासुदेव उपाध्याय, महानगर सहकारी शाखा प्रमुख भरतराज पौडेल, महानगर सहकारी समिति संयोजक रविरमण तिवारी, उपभोक्ता सहकारी संघका अध्यक्ष कृष्णप्रसाद बरालसमेत सहभागी थिए ।

Advertisement


मल डिपोदेखि बिक्र्री केन्द्रको दूरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैशादेखि २१ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ । डिएपीको ४८ रुपैयाँ ४५ पैशादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोएिको छ । मल विक्रेताले प्लाष्टिक झोलाको मूल्य प्रति किलो थप लिन सक्ने छन् ।


बैठकले पोखरा महानगर कृषि शाखामा सूचीकृत तथा बिक्री वितरण गर्नका लागि छनोट भएका २६ वडाका ६७ केन्द्रबाट मल बिक्री भइरहेको छ । मल बिक्री गर्न आर्थिक वर्ष २०७९/८० मा बिक्री भएको आधारमा कोटा निर्धारण गर्ने निर्णय भएको मनहर कडरियाले जानकारी दिए । सूचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको र किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध गराउन अनुगमन गर्ने गरिएको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिइने महानगरले जनाएको छ ।

Advertisement


पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया, डिएपी र पोटास गरी १ हजार ९ सय ७७ .६५ टन मल खपत भएको छ । गत आर्थिक वर्षमा पोखरा महानगरमा युरिया १ हजार २ सय २१.७५ टन, डिएपी ६ सय ६३.८५ टन, पोटास ३९.९५ टन र कृषि चुन २.१ टन खपत भएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया