
गण्डकी ।
सराङकोटबाट सूर्योदयसँगै अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमशृंखला दृश्यावलोकनबाट भ्रमण सुरु गर्ने पर्यटक मठमन्दिर, तालतलैया, गुफा, झरना, खोच तथा संग्रहालय अवलोकनपश्चात साँझ भने सन्ध्या आरतीमा सहभागी हुन थालेका छन् । फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरको बाराही घाटमा प्रत्येक दिन साँझ ३ हुने सन्ध्याआरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहको रोजाइमा पर्ने गरेको छ ।
पछिल्लो समय पोखरामा आरतीलाई अर्को पर्यटकीय गन्तव्यका रूपमा लिन थालिएको तालबाराही महाआरती व्यवस्थापन समितिका अध्यक्ष मंगलबहादुर नेपालीले सुनाए । आरतीमा धूप, घिउ, ल्वाङदानी, कपुर, मयुरपङ्ख, सेतोचमर, अलैँचीदाना, लाछीधागो, फूलपाती लगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिन्छ । शंख ध्वनिबाट सुरु गरी सहभागी भक्तजनले पण्डितबाट टीका र प्रसाद ग्रहण गर्दै आरती लिएपछि समापन हुन्छ ।
भारतको काशीबाट ३ पण्डितसहितका सामग्री ल्याएर विसं २०७५ असोज २४ गते घटस्थापनाको दिनदेखि सुरु गरिएको आरती निरन्तर सञ्चालन हुँदै आएको छ । हाल पोखराका पण्डितद्वारा आरती सञ्चालन हुँदै आएको छ ।
दिनभर पोखराका विभिन्न ठाउँ घुमफिर गर्ने पर्यटक साँझ तालवाराही मन्दिरमा हुने सन्ध्या आरतीमा सहभागी हुन्छन्
‘फेवातालमा बारम्बार हुने दुर्घटना न्यूनीकरण गर्ने आरतीको प्रमुख लक्ष्य हो’, अध्यक्ष नेपालीले भने, ‘आरती सञ्चालन गर्न मासिक २ लाख खर्च हुन्छ, भक्तजनबाट सहयोग प्राप्त भएको हुँदा ‘त आँट म पुर्याउँछु’ भन्ने युक्ति चरितार्थ भएको छ ।’
पशुपतिनाथ महाआरतीको झल्को दिने तालबाराहीबाट सञ्चालन गरिएको आरती पछिल्लो समय पोखराको प्रसिद्ध धार्मिक क्षेत्र विन्ध्यवासिनी मन्दिर, सदाशिव हरिहर मन्दिर महतगौडा, गुप्तेश्वर गुफा, नर्वदेश्वर मन्दिर, रामघाट, बेगनासतालमा समेत सम्पन्न भइसकेको समितिका उपाध्यक्ष ढाकाबहादुर थापाले जानकारी दिए ।
आर्थिक अवस्थाका कारण आरती सञ्चालन गर्दा चुनौती नै भए पनि भक्तजनको साथ र सहयोगले यसले ५ वर्षसम्म निरन्तरता पाएको छ । पर्यटक तथा स्थानीय बासिन्दाका लागि दिनभरिको व्यस्तता एवं तनाव व्यवस्थापनका लागि साँझमा हुने आरती एक साधन बन्ने अर्का उपाध्यक्ष जुना अधिकारी बताउँछिन् । आरतीलाई निरन्तरताका लागि स्थापना भएको अध्यक्षकोषमा १२ लाख संकलन भएको जनाउँदै उनले यस पुण्यकार्यमा सक्दो सहयोग गरिदिन अनुरोध गरिन् ।
पोखरा १५ गलेश्वरमा खानेपानी व्यवसाय सञ्चालक सन्नि केसीले आरतीस्थल बाराहीघाटमा ट्रस्टको छाना निर्माण गर्ने प्रतिबद्धता जनाएका छ् । साउन १२ गते शुक्रबार आरतीमा सहभागी उनले पानी पर्ने मौसममा आरतीमा सहभागी पण्डित तथा भक्तजनका लागि सुविधा पुर्याउने उद्देश्यका साथ आफ्नो निजी खर्चमा ट्रस्ट निर्माण गरिदिने इच्छा भएको सुनाए ।
फेवातालको सौन्दर्य नबिगार्ने गरी पानी पर्दा आरतीमा सहभागीलाई सुविधा हुने गरी ट्रस्ट राखिने उनले सुनाए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया