गृह श्रमिक ट्रेड युनियनमा सुरेन्द्र

समाधान संवाददाता २०८० साउन १५ गते १५:०१

पोखरा ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को घटक युनियन नेपाल गृह श्रमिक ट्रेड युनियनको गण्डकी प्रदेश प्रथम अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष सुरेन्द्रबहादुर विकको नेतृत्वमा ७ सदस्यीय कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा दीपक विक, सचिव उमादेवी बस्याल र कोषाध्यक्ष चन्द्रकला केसी छन् । कमिटीका सदस्यमा रोशन खड्का, नेत्र सुनार र चन्द्रबहादुर विक छन् ।


नेपाल गृह श्रमिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष चन्द्रसागर लामाले उद्घाटन गरेको अधिवेशनमा जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्री, युनियनका केन्द्रीय सचिव सुवास खाती लगायतले श्रमिकका समस्या बारेमा बोलेका थिए । ‘गृह श्रमिकको सरोकार, सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नाराका साथ अधिवेशन भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया