अरुण थापाको यादमा उनकै गीत

पोखरा ।
पोखरामा गायक अरुण थापाको स्मृतिमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले २४ औं अरुण थापा स्मृति दिवसको अवसरमा समता सांगीतिक कार्यक्रम शनिबार गरेको हो । पोखराका संगीत प्रशिक्षण स्कुलका प्रशिक्षार्थीले अरुण थापाका गीत सुनाए ।
भारतको कोलकातामा जन्मेका अरुण बुबा गञ्जुप्रसाद नेपाल बैंकको क्षेत्रीय प्रबन्धक भएर पोखरा आउँदासँगै आएका थिए । रमाइलो मन पराउने अरुणले पोखरामा छोटो अवधिमा प्रशस्तै साथी बनाए । यहाँ हुने विभिन्न कार्यक्रमले उनले जादूयी स्वरबाट पस्केका गीतबाट मन्त्रमुग्ध हुने उत्तिकै थिए । स्टेजमा उनले गाएका हिन्दी गीतकै कारण युवतीहरु उनका पछि लाग्थे ।
उनी पढाइका लागि उनी पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । स्ववियुले राखेको स्वागत कार्यक्रममा उनले किशोर कुमारको गीत ‘मेरा जीवन कोरा कागज’ प्रस्तुत गरे । त्यही गीतका कारण उनको जीवनमा प्रेम सुरु भयो । पिएनकै एक छात्राको प्रेम प्रस्ताव उनले स्वीकारे । केही समय उनको जीवन रंगीन भयो ।
प्रेमिकाको प्रोत्साहन मिलेपछि संगीतकर्मलाई उनले दमदार रुपमा अघि बढाए । प्रेम सम्बन्धलाई त्यो जोडीले काठमाडौं पुगेर बिहेमा परिणत गर्यो । तर युवतीको परिवारले यो बिहे स्वीकार गरेन । युवतीलाई पोखरा फिर्ता ल्याइयो । अनि सुरु भयो अरुणको वियोगको कथा ।
अरुणले आफ्नो जीवनमा ४ दर्जन हाराहारीमा गीत गाए । उनको पहिलो गीत विक्रम गुरुङले लेखेको ‘कतै तिमीबाट टाढा भएमा’ हो । जुन रेडियो नेपालमा रेकर्ड भएको थियो । तर अरुणलाई गायक भनेर चिनाउने गीत भने विनोद गौचनको ‘जति माया लाए पनि‘ हो । त्यसपछि अरुणलाई गीतकार र संगीतकारले खोज्न थालेको कबि एवं साहित्यकार तीर्थ श्रेष्ठ बताउँछन् ।
गायक अरुणको २४ औं स्मृति दिवसको सन्दर्भमा गरिएको कार्यक्रममा नयाँ पुस्ताका गायक गायिकाले उनका गीत प्रस्तुत गरे । प्रदीप सारु मगर, लवकुश पुन, टीना गुरुङ, यामबहादुर नेपाली, सुनील बराल, रोम तामाङ, जय चापागाईं र एमडी काफ्लेले अरुणका गीत प्रस्तुत गरे । वाद्यवाधनमा रोम तामाङ, बिकाश गुरुङ, बिमर गायक, मिलन गिरी, प्रतीक शर्माले साथ दिए ।
कार्यक्रम संयोजन पोयुसापका संगीत संयोजक एमडी काफ्लेले गरेका थिए । पोयुसापका अध्यक्ष उपेन्द्र पौडेलले अरुणलाई नयाँ पुस्तामा चिनाउन अर्थात पुस्तान्तरणका लागि यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा गायक विनोद बानिया, रीता अधिकारी, डा चैतन्य अधिकारीले समेतले बोलेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया