पोखरा १३ मा सित्तैमा डेंगु जाँच

समाधान संवाददाता २०८० साउन १६ गते ११:४४

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १३ ले वडाबासीको निशुल्क रूपमा डेंगु रोग परीक्षण थालेको छ । देशभर डेंगु रोगको संक्रमणमा फैलिएपछि नागरिकलाई सहज बनाउन र बेलैमा नियन्त्रणका उपाय खोज्न निशुल्क परीक्षण सुरू गरिएको वडाध्यक्ष किरण बरालले बताए ।

Advertisement


‘वर्षात र गर्मीका कारण विभिन्न रोग फैलिएका छन्, मुलुकभरका विभिन्न ठाउँमा अहिले डेंगुले आक्रान्त बनाउँदै लगेको छ, हामी पनि समयमै यस रोगको परीक्षण गरौँ र संक्रमण फैलन नदिऔं भन्ने उदेश्यले निशुल्क परीक्षण सुरू गरेका हौँ,’ वडाध्यक्ष बरालले भने ।

उनले सोमबारदेखि नै पोखरा १३ कुँडहरमा रहेको सहरी स्वास्थ्य केन्द्रबाट निशुल्क डेंगी रोगको परीक्षण सुरू गरिएको जानकारी दिए । डेंगुको शंका लागेमा तुरून्त परीक्षण गरी लाभ लिन उनको अनुरोध छ । यस रोगको नियन्त्रणका लागि सरसफाइमा ध्यान दिन, पानी जम्ने खाल्डाखुल्डी नराख्न वडावासीलाई उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया