पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको अन्तर फुटसल प्रतियोगता हुने

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कास्कीका निर्वाचन क्षेत्र समितिको संयुक्त आयोजनामा पोखरामा फुटसल प्रतियोगिता हुने भएको छ । साउन २० गते शनिबार कास्कीका तीन समितिको संयुक्त आयोजनामा फुटसल हुन लागेको प्रतियोगिताका मिडिया संयोजक श्रीकृष्ण न्यौपानेले जानकारी दिए ।
संयोजक न्यौपानेका अनुसार प्रतियोगितामा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य हुन अनिवार्य छ । कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य न्यौपानेले ‘फुटसल मुस्ताङ प्राइभेट लिमिटेड’ मा प्रतियोगिता हुने जानकारी दिए ।
शनिबार बिहान साढे १० बजेबाट खेल सुरु हुनेछ । प्ले फर फेलोसिप अन्र्तर क्षेत्र हुन लागेको फुटसल कार्यक्रममा कास्कीका तीन वटा निर्वाचन क्षेत्रबाट ६ वटा टोलीले टिम दर्ता गराइसकेका छन् ।
‘हालसम्म ८ वटा टोलीले प्रतियोगितमा सहभागी हुने निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको महानगर कमिटीबाट एक वटा, प्रदेशबाट एक वटा र कास्कीका निर्वाचन क्षेत्रबाट प्रति २ वटा टोली खेल्ने निश्चित भएको हो,’ मिडिया संयोजक न्यौपानेले भने ।
प्रतियोगिताका संयोजक भने दीपेन्द्र पोखरेल र सह–संयोजक सोमनाथ अधिकारी हुन् ।
प्रतियोगितमा सहभागी हुने टिमले कास्की क्षेत्र नम्बर १ मा सुजन बस्ताकोटी, क्षेत्र नम्बर २ मा संयाेजक पोखरेल र क्षेत्र नम्बर ३ मा सहसंयाेजक अधिकारीसँग समन्वय गर्नुपर्ने छ । यस्तै, महानगरबाट प्रतिनिधित्व गर्ने टिमले नारायण आचार्य र प्रदेशको टिमले नवीन त्रिपाठीसँग समन्वय गर्नुपर्ने गरी जिम्मेवारी तोकिएको प्रतियोगिताका मिडिया संयोजक न्यौपानले बताए । प्रतियोगितमा सहभागी हुने प्रति टिमले दर्ता शुल्क २ हजार रुपैयाँ तिर्नुपर्ने छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया