सडक अवरुद्ध हुँदा रमुवावासीलाई सास्ती

समाधान संवाददाता २०८० साउन १८ गते १३:२३

गलकोट ।

बर्षा यामको सुरुवातसँगै मोटरबाटो बिग्रदा गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डवखानी रमुवाका स्थानीयले समस्या झेल्दै आएका छन् ।


पालिका सदरमुकामबाट खाद्यन्न लिएर आएका गाडी बाटो बिग्रदा बिच बाटोमै रोकिएका बुद्ध किराना पसलका सञ्चालक बुद्ध विकले जानकारी दिए । आधा बाटो बाट मान्छेलाई बोकाएर सामान पसल सम्म ल्याएको उनले बताए । ‘सडक बिग्रेकाले खाद्यन्न आयातमा समस्या भएको छ, मान्छेलाई सामान बोकाएर ल्याउँदा गाह्रो हुने तथा सामान मंहगो पर्न जान्छ,’ उनले भने ।

Advertisement


बाटो मर्मतका लागि वडा, नगरपालिकालाई जानकारी गराउँदा पनि चासो नदिएको उनले आरोप लगाए ।
आलु बिक्रीको समयमा आलु निर्यातमा समेत निकै सास्ती परेको स्थानीयले जानकारी दिएका छन् । आलुका लागि प्रख्यात मानिएको रमुवाको आलु सदरमुकाम, पोखरा, चिवन, वुटवल सम्म पग्ने गर्छ । अहिले आलु राम्रो फलेको तर बिक्री गर्न नपाएको स्थानीयको गुनासो छ । एउटै घरमा ३ सय केजी सम्म आलु फलेको उनीहरुले बताए ।


बिरामी हुँदा स्वास्थ्य चौकी सम्म जान पनि ३ किलोमिटर हिड्नुपर्ने साथै कच्चि सडक भएकाले हिड्न समेत कठिनाई परेको स्थानीय चक्रबहादुर रानाले जानकारी दिए । स्थानीयले श्रमदान गरेर बाटो मर्मतको प्रयास गरेपनि समस्या समाधान भने नभएको रानाले बताए ।

Advertisement


वडाध्यक्ष भक्तबहादुर काउचाले सडक मर्मतका लागि योजना बनाएको बताए । बर्खाको समयमा सडक मर्मत गरेपनि फेरि बिग्रने सम्भावना धेरै छ त्यसैले दिर्घकालिन रुपमा समस्या समाधान गर्न आवश्यक रहेको उनले औंल्याए ।

तपाईको प्रतिक्रिया