एसिया रग्बी प्रतियोगिता नेपालमा हुने

काठमाडौं ।
एसिया रग्बी यु २० सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । नेपाल रग्बी संघद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने यो प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ३ राष्ट्रको सहभागिता रहनेछ ।
प्रतियोगिता बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव गोविन्द घिमिरेले पुरुषतर्फ आयोजक नेपालसहित भारत, थाइल्यान्ड, चाइनिज ताइपे, हङकङ र उज्वेकिस्तानको सहभागिता रहने जनाए । महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसिया सहभागी हुने छन् ।
प्रतियोगिताको विजेता टोलीले एसिया रग्बीको ट्रफी प्राप्त गर्ने छ । उक्त प्रतियोगिताका लागि गत गत असार १५ गतेदेखि महिला तथा पुरुष टोलीको बन्द प्रशिक्षण पोखरामा भइरहेको आयोजकले जनाएको छ । प्रतियोगिता गर्न करिब ७२ लाख खर्च लाग्ने आयोजकको भनाइ छ । प्रतियोतिगाका खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् ।
तपाईको प्रतिक्रिया