‘यस्ता आए जमाना’ तीज गीत बजारमा

समाधान संवाददाता २०८० साउन १९ गते ११:२३

पोखरा ।
पोखराका लोक तथा दोहोरीका स्थापित कलाकार पार्वती जिसी, तुलसी क्षत्री, रामजी पौडेल र माया केसीले नयाँ तीज गीत ‘यस्ता आए जमाना’ बजारमा ल्याएका छन् । २०८० को हरितालिका तीजको कोशेलीका रुपमा आएको गीतमा जिसीको लय तथा रामजी पौडेलको शब्दमा छ ।

Advertisement


गीतमा पहिले प्रस्ताव गर्दा नमानेको केटो लाहुरे भएपछि अर्को विवाह गरेपछि केटीले पछुतो भएको भाव समेटिएको गायक पौडेलले जानकारी दिए । ‘केटाले मन पराएर सुरुमा प्रस्ताव गर्दा केटीले मानिनन्,’ उनले भने, ‘केटो लाहुरे भएर आएर अर्को विवाह गरेपछि केटीलाई पछुतो भयो ।’ उनले पहिला लाहुरे दाइले जाम भन्दा नमान्दाको परिवेशलाई रमाइलोको लागि तीजको गीतमा प्रस्तुत गरेको बताए ।


भिडियो पनि उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ । पोखराका चर्चित निर्देशक होम गुरुङको निर्देशन तथा कोरियाग्राफी रहेको भिडियोमा तुलसी क्षत्री र लोमश शर्माले अभिनय गरेका छन् । संगीत संयोजन कृष्ण केसीले गरेका हुन् ।


म्युजिक भिडियो दुर्गा पौडेलले खिचेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका हुन् । यो गीत तुलसी क्षत्रीको युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया