पोखरा शारीरिक सुगठन संघमा ज्ञानेन्द्र

पोखरा, पोखरा शारीरिक सुगठन संघको शनिबार भएको विशेष साधारणसभाले ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चुनेको छ । समितिको प्रथम उपाध्यक्षमा विक्रम उदास, द्वितीय उपाध्यक्ष पूर्ण श्रेष्ठ, महासचिव उमेश सिके, सचिव ईन्जिनियर उत्तममान उदास र कोषाध्यक्ष पुष्प उदास चुनिएका छन् ।
१३ सदस्यीय कार्यसमितिका सदस्यमा अर्जुन गिरी, प्रेम पुन, महेश उदास, प्रवीण वैद्य र रञ्जन बुद्धाचार्य छन् । बाँकी दुई सदस्य पछि थप गरिने नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्रले बताए । पुराना कार्यसमितिले गर्दै आएका कामलाई निरन्तरता दिँदै नयाँ काम योजनावद्ध रुपमा गरी शारीरिक सुगठनलाई लोकप्रिय खेलको रुपमा स्थापित गर्न समिति लाग्ने उनको प्रतिवद्धता छ ।
समितिका सल्लाहकारमा पवनकुमार प्रजापती, प्रकाशमान उदास, शंकरमान उदास, मनोज बिजुक्छे, राजु श्रेष्ठ र शान्त श्रेष्ठ छन् । कार्यक्रममा पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्थाको उद्देश्य अनुरुप काम गरी शारीरिक सुगठनलाई आकर्षक खेलको रुपमा स्थापना गर्ने अभियानमा लाग्न आग्रह गरे । कार्यक्रम संस्थाका अध्यक्ष पवनकुमार प्रजापतीको अध्यक्षतामा भएको थियो । पोखरा शारीरिक सुगठन संघ २०६० सालमा स्थापना भएको हो ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया