एसोसिएट सदस्यमा राजेश्वरको आकांक्षा

समाधान संवाददाता २०८० साउन २१ गते ११:१९

लेखनाथ ।
राजेश्वर आचार्यले लेखनाथ उद्योग वाणिज्य संघको एसोसिएट सदस्यमा उम्मेदवारी दिने भएका छन् । आचार्यले शुक्रबार पत्रकार सम्मेलन गरी संघको भदौ २३ र २४ गते हुने अधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।


२ कार्यकाल लेखनाथ उद्योग वाणिज्य संघको उद्योग उपसमिति सहसंयोजक रहेका उनले आफूसँगको अनुभव योग्यता र क्षमतालाई उद्योगी, व्यवसायीको हितमा उपयोग गर्न चाहेको सुनाए । व्यवसायीका पीर मर्का र समस्यासँग नजिकबाट परिचित रहेकाले ती समस्या समाधानमा लाग्ने उनले एजेन्डा सुनाए ।


संघले गर्दै आएको मेलालाई अझै व्यवस्थित बनाउन प्रयत्न गर्ने, आफूसँग भएको अधिकतम ज्ञान र सीप प्रयोग गर्ने, संघको कार्यशैलीमा नयाँपन दिने सदस्यता विस्तार गर्ने लगायत उनका एजेन्डा छन् ।

Advertisement

८ वर्षदेखि ग्रिन प्यार्क्स इन्डस्ट्रिज प्रालि पोखरा ३३ को प्रबन्ध निर्देशक रहेका ग्रिन प्याकस इ प्रालि, ग्लोबल प्लास्टिक उद्योग, लक्ष्मी विल्डर्स एन्ड इन्फ्रा डेभलपर्स, एसएन भिन्टेज प्रालि, रामराज हार्डवयर, एसएस हार्डवयर सप्लायर्स लगायतका व्यावसायिक प्रतिष्ठान र विभिन्न सामाजिक तथा आर्थिक संघ, संस्थामा आवद्ध छन् ।

Advertisement

तपाईको प्रतिक्रिया