जनयुद्धका नेता, कार्यकर्ता एकै ठाउँमा होऔंः सिंखडा

पोखरा ।
जनआन्दोलनका घाइतेको सेवा, सुविधा घटाइएको भन्ने हल्ला मिथ्या भएको सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले दाबी गरेकी छन् । जनआन्दोलनका घाइतेलाई निशुल्क स्वास्थ बिमा तथा उपचार कार्यक्रमलार्य प्रदेश सरकारले निरन्तरता दिएको उनको प्रष्टिकरण छ ।
राज्यद्वारा बेपत्ता योद्वा मजदूर नेता चमनलाल बरालको २१ औं खोज सभालाई उनले यस्तो बताएकी हुन् । मन्त्री सिम्खडाले जिल्ला अस्पताल र प्रदेश सरकारमातहत रहेका सबै अस्पतालबाट सेवा सुविधा लिन सकिने जानकारी दिइन् ।
उनले तत्कालीन जनयुद्ध सञ्चालन गर्ने नेतृत्व र कार्यकर्ता एक नभई सहिदको सपना पूरा नहुने उल्लेख गरिन् । ‘पार्टी हिजो जसरी विभाजन भयो, त्यसबाट सिकेर अब सबै केन्द्रित हुनुपर्छ, बल्ल सहिद, बेपत्ता, घाइतेको सपना पूरा हुन्छ, जनताको आकांक्षा सम्बोधन हुन्छ,’ मन्त्री सिम्खडाले भनिन् ।
चमनलाल बराल (मित्र)लाई २०५९साउन २० गते तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । त्यसयता उनको अवस्था अज्ञात छन् । चमनलालकी छोरी संगिता बरालले राज्यको आफ्ना बाबुलाई बेपत्ता बनाएको र अहिले राज्य सञ्चालन गर्ने ठाउँमा पार्टी नेतृत्व नै पुग्दा पनि अवस्था सार्वजनिक नहुँदा मन कुडिने सुनाइन् ।
‘कहाँ लगियो, कसरी राखियो थाहा छैन । अहिलेसम्म पक्कै बाचेको अवस्था त होइन । व्यवस्था परिवर्तन जसको त्यागको जगमा भयो, उही बेपत्ता, सहिद, घाइतेको सपना अपुरो, अधुरो हुँदा कसरी समृद्ध नेपाल बन्ला,’ उनीले प्रश्न गरिन् ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया