यही वर्ष पोखरा पर्यटनको राजधानी घोषणा हुन्छः मेयर आचार्य

पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटकीय विकास महानगरपालिकाको प्राथमिकतामा रहेको जनाएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २८ औं वार्षिक साधारणसभामा शुक्रबार उनले पूर्वाधार विकाससँगै पर्यटकको बसाइ लम्ब्याउने गरी अघि बढ्नुपर्ने विचार राखे ।
पर्यटनका क्षेत्रमा नाट्टाले गर्दै आएको योगदान प्रशंसनीय भएको उनको भनाइ छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट माग भइसकेको जनाउँदै उनले सन् २०२३ भित्रमा पर्यटनको राजधानी घोषणा हुने विश्वास व्यक्त गरे ।
नाट्टा गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारीले पर्यटन प्रवद्र्धनका क्षेत्रमा नाट्टा निरन्तर लागेको जनाउँदै पोखराका पर्यटकीय गन्तव्यलाई सूचीकृत गर्नुपर्ने आवश्यकता औँल्याए । भारतीय मुद्रा सटहीमा देखिएको समस्याका कारण पोखरा आउने भारतीय पर्यटक समस्यामा परेको र यसले समग्र पर्यटनमा असर पारेको भन्दै उनले यस समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले निर्माणाधीन पोखरा–मुग्लिन सडकको अवस्थाका कारण पर्यटक समस्यामा परेको जनाउँदै उक्त निर्माण कार्यलाई चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने बताए । भारतीय मुद्रा सटहीमा देखिएको समस्याका कारण भारतीय पर्यटक गुमाउनु परेकोतर्फ गम्भीर बन्नुपर्ने उनले औंल्याए ।
कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त प्रमुख नवीन पोखरेल, पोखरा ६ का वडाअध्यक्ष विष्णुबहादुर भट्टराई, वासु त्रिपाठी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी लगायतले पोखरामा पर्यटकको बसाइ लम्ब्याउने तरवरबाट पर्यटकीय विकास गर्न लाग्नुपर्नेमा जोड दिएका छन् ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया