रिफर होइन, उपचार गर्ने व्यवस्था गर्नुस्ः मन्त्री सिंखडा

पोखरा ।
गण्डकीकी सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्री स्वास्थ्य संस्थाहरुलाई बिरामीलाई सहज तवरले सेवा दिने व्यवस्था गर्न निर्देशन दिएकी छन् । मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समीक्षा कार्यक्रममा मन्त्री सिंखडाले बिरामीको चाप घटाउने गरी काम गर्ने दिर्नेशन दिएकी हुन् ।
जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गर्ने र गण्डकी प्रदेशभन्दा बाहिरका अस्पतलमा रिफर गर्दा बिरामीलाइ समस्या हुने भन्दै उनले सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा गर्न निर्देशन दिएकी हुन् । गण्डकी प्रदेशका बिरामीलाई जस्तोसुकै रोगको पनि गण्डकी प्रदेशभित्र नै उपचार गर्ने वातावरण बनाउने प्रयत्नमा सरकार रहेको उनको भनाइ छ ।
स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागी कुनै कसर बाँकी नराख्ने, प्रदेशबाट नै सकेसम्म धेरै सेवा निशुल्क दिने उनले योजना सुनाइन् । प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले गण्डकी प्रदेश सरकारले सुरु गरेको परिवारिक स्वास्थ्य प्रोफाइल योजना तीव्र रुपमा अघि बढाउनुपर्ने विचार राखे । स्वास्थ्य क्षेत्रका योजना तथा कार्यक्रम बनाउँदा अनुसन्धान र प्रभावकारी कार्यान्वयन गर्ने सुनिश्चितता गर्न उनले सुझाव दिए ।
संक्रमण तथा सरुवा रोग अस्पतालका निर्देशक विकास गौचनले अस्पतालले अहिलेसम्म उल्लेखनीय काम गरेको जनाए । अहिले पनि गण्डकी अस्पतालमा अन्य अस्पतालमा नपाइने तर संक्रमण रोग तथा कोभिड १९ विरुद्धको खोप निरन्तर दिइएको उनले उल्लेख गरे ।
५० शड्ढयाको अस्पतालमा विभिन्न सरुवा रोग, आँखाको प्राथमिक उपचार र इमजेन्सी सेवा २४ घण्टा नै दिइएको उनको भनाइ छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश क्षयरोग उपचार केन्द्र, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रलय आपूर्ति यवस्थापन केन्द्र लगायतकाले प्रगति विवरण र आगामी वर्षको योजना कार्यक्रममा सुनाएका थिए ।
तपाईको प्रतिक्रिया